-एनआरएनए अध्यक्षका प्रत्यासीहरु डा के सी र आचार्य टिमका आकांक्षीहरु

एनआरएनए अध्यक्षका प्रत्यासीहरु डा के सी र आचार्य टिमका आकांक्षीहरु

Hollywood Khabar September 19,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर २०, २०२१

गैरआवासीय नेपाली संघको १० औं विश्वो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन आगामी अक्टुवर २३-२५, २०२१ मा हुने भएको छ। यसका लागि संघले अक्टुवर २०, २०२१ मा नयाँ नेतृत्वको लागि अनलाइन भोटिङ्ग गर्ने मिति तोकिसकेको छ।

उता महाधिवेशन प्रतिनिधिको बिषयलाइ लिएर चर्केको विवाद नेपाल सरकारको परराष्ट्र मन्त्रालयसम्म पुगेको छ। तर पनि अध्यक्ष कुमार पन्तले अधिवेशन र चुनाव समयमा नै उने कुरा बताएका छन्। अर्को महत्वपूर्व कुरा चुनाव र महाधिवेशन समयमा नै हुनुपर्ने कुरा अध्यक्षका प्रत्यासी डा बद्रि के सी, रविना थापा र कुल आचार्य तिनै जनाले गरेका छन्।

यसैबीच अध्यक्षका प्रत्यासी रहेका वर्तमान उपाध्यक्ष डा बद्रि के सी र वर्तमान सल्लाहकार तथा पुर्व उपाध्यक्ष कुल आचार्यका टिमका प्रमुख उम्मेदवारहरु करिब-करिब फाइनल भएका छन्। गत पटक डा के सीका टिमको नाम हलिउडखबरमा सार्वजनिक गरिएको थियो। यहाँ तीन मध्ये दुइ आकांक्षीका टिमका नाम उल्लेख गरिएको छ।

टिम बद्रिमा हल सम्म फाइनल भएका उम्मेदवारहरु

  1. अध्यक्ष डा बद्रि के सी
  2. उपाध्यक्ष डा हेमराज शर्मा
  3. उपाध्यक्ष महेश श्रेष्ठ
  4. उपाध्यक्ष डिबी क्षेत्री
  5. उपाध्यक्ष धर्म अधिकारी
  6. उपाध्यक्ष बेगम सायद
  7. उपाध्यक्ष रोशन थापा
  8. महासचिव गौरी जोशी
  9. सचिव टिका गुरुङ
  10. सचिव रामशरण सिम्खडा
  11. सचिव गंगाधार गौतम
  12. सचिव ओम गुरुङ
  13. कोषाध्यक्ष लोक दाहाल
  14. महिला संयोजक संगीता मरहट्टा

टिम कुलका उम्मेदवारहरुको खासगरी उपाध्यक्षमा करिब अन्तिम भएको, महासचिव फाइनल, सचिवमा ३ फाइनल १ बाँकी, युवा संयोजक २ मध्ये १ लाइ अर्को पदमा लैजाने भएको बुझिएको छ। कोषाध्यक्षमा लोक दाहाल अझै पनि नेकपा माओवादी पार्टीको निर्देशन हेर्दै बसेकाले तयारीमा सोम सापकोटा रहेको। अग्रपङ्गतिमा भने निम्नानुसार हुने भएको बुझिएको छ।

टिम कुलका उम्मेदवारहरु

  1. अध्यक्ष कुल आचार्य
  2. उपाध्यक्ष मन के सी
  3. उपाध्यक्ष राजेन्द्र कुमार शर्मा
  4. उपाध्यक्ष एसी शेर्पा
  5. उपाध्यक्ष त्रिलोक गुरुङ
  6. उपाध्यक्ष जानकी गुरुङ (महिला तर्फ)
  7. उपाध्यक्ष राज रेग्मी (यवा तर्फ)
  8. उपाध्यक्ष गणेश के सी
  9. उपाध्यक्ष हिक्मत थापा
  10. महासचिव डा केशव पौडेल
  11. सचिव भुमा लिम्बु (महिला तर्फ)
  12. सचिव नारायण आचार्य
  13. सचिव प्रविण गुरुङ
  14. सचिव नारायण काफ्ले
  15. सचिव राजन त्रिपाठी
  16. कोषाध्यक्ष सोम सापकोटा
  17. सहकोषाध्यक्ष जानकी पौडेल (महिला तर्फ)
  18. सहकोषाध्यक्ष अभिमन्यू बस्नेत
  19. सहकोषाध्यक्ष नविन शेर्चन
  20. महिला संयोजक जुनु गुरुङ
  21. युवा संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)
  22. युवा संयोजक विमला सापकोटा