-NRNA ICC VP and President Candidate 2019 Mr. Kumar Pant

NRNA:मेरो औपचारिक उम्मेद्वारी घोषणा र घोषणा पत्रको तयारी अन्तिम चरणमा छ

Hollywood Khabar August 26,2019 Comments

कृष्ण के सी/अमेरिका/८/२७/१९

गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०१९-२०२१ का लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो उम्मेद्वारीको घोषणा र घोषणा पत्र अन्तिम स्टेजमा पुग्दै गरेको बताएका छन्।

हलिउडखबरसँग कुरा गर्दै उपाध्यक्ष पन्तले भने, आफ्नो औपचारिक उम्मेद्वारी घोषणाको लागि तयारी गर्दैछु। बिश्व सम्मेलनको तयारीको कुराले पनि हामी सबैजना अलि ब्यस्त नै भइयो। यसबाहेक थुप्रै देशका अधिवेशन र क्षेत्रीय बैठक जस्ता नियमित कुरामा पनि सहभागी हुँदा सबैकुरा तयारी गर्न पाएको छैन। अब मेरो अध्यक्षमा उम्मेद्वारीको औपचारिक घोषणाको तयारी पनि गर्दैछु।

पहिलाको जस्तो होइन ऐलेको गैरआवासीय नेपाली संघमा धेरै कुरा परिवर्तन भएका छन। अनुभव, ज्ञान, लगान र समय सापेक्ष कुराका साथै गैरआवासीय नेपालीका थुप्रै मुद्धाहरु एड्रेस गर्नु पर्नेछ। आन्तरिक रुपमा सुधार्नुपर्ने, विकास गर्नुपर्ने कुराहरु पनि धेरै छन्। क्षेत्रीय स्तर र राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुका पनि कुराहरु धेरै आएका छन् र देखेको पनि छु। चुनाब पनि लागेको छ, धेरै आकांक्षी साथीहरु अगाडी आएका पनि छन्। सबैकुरा मिलाएर जानुपर्ने मेरो अगाडि ठूलो चुनौती छ र म पनि ति सबै कुराको लागि तयार भएर आएको छु।

खासगरी मेरो अध्यक्षमा औपचारिक उम्मेद्वारीको लागि घोषणा पत्रको तयारी हुँदैछ। यो पटक बिशेष गरि पाँच/सात वटा जति प्रमुख कुराहरुमा फोकस गर्ने मोटामोटी तयारी गरेको छु। पूर्वज, समकक्षी, बिज्ञ अनि साथीहरुसँग सरसल्लाह गर्दैछु। एउटा छोटो वर्कशप गरेर सबै कुरा फाइनल गर्नेछु। यस घोषणा पत्रलाई मैले धेरै सिरियसली नै लिएको छु। घोषणा गरेका सबैकुरा कार्यान्वयन गर्ने मात्र होइन सफल कार्यकाल नै बनाउने मेरो उद्येश्य हो।

यसबाहेक थुप्रै सम्मेलन र क्षेत्रीय बैठकहरुका घोषणाहरुको पनि पुनरावलोकन गर्नुपर्ने बेला आएको छ। तेतातिर हामीले कहिल्यै ध्यान दिएनौ। बिगतमा यस्तो कहिल्यै गरिएन तर मेरो पालामा ति सबैकुराहरु माथि प्रमुख ध्यान दिने तयारी गरेको छु।

यो पटक उठाइने बिषयहरु खासगरी भिजन २०२०, सँस्थाका संरचनाका कुरा, चालु र नयाँ प्रोजेक्ट लगायत केहि बेग्लै र नयाँ बिषयहरु पनि हुनेछन्। ति सबै कुरा मेरो उम्मेद्वारीको औपचारिक घोषणामा नै बिस्तृत जानकारी गराइनेछ। मेरो कार्यकालमा पुरा गर्ने कामहरुको घोषणाले संघलाइ नयाँ र आवश्यकता अनुसारको रुपमा लैजाने कुरामा मेरो ध्यान जानेछ, उपाध्यक्ष पन्तले भने।