-कुवेतमा ज्यान गुमाएका ४ नेपालीको शब कतार हुँदै नेपाल पठाइदै

कुवेतमा ज्यान गुमाएका ४ नेपालीको शब कतार हुँदै नेपाल पठाइदै

Hollywood Khabar June 12,2021 Comments

हरी कृष्ण न्यौपाने, जुन १३, २०२१

रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो।

नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग भने" केही समय देखी सबै कानुनी प्रकृयाहरु पुरा भएर पनि सिधा तथा नियमित उडान नहुँदा कुवेतमै रोकिएका १ महिला सहित ४ जना नेपालीको शब आज नेपाल पठाउदै छौं।अझै १ जनाको शब कुवेतमै रहेको सिलवालले बताए।

नेपाल पठाइदै गरेको ४ जना मृतकहरुको बिबरण यस प्रकार छ।

१) मृतकको नाम:- मुना राई

  • ठेगाना:-बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा
  • राहदानी नं-१०६७३६८३
  • कुवेतमा मृत्‍यु भएको मिती:-२० मे, २०२१
  • मृत्‍युको कारण:-हृदयघात

२)मृतकको नाम:- सोमप्रसाद दाहाल

  • ठेगाना:-बाहुने-९ दौलतपुर,मोरङ
  • राहदानी नं-०६७८९२८४
  • कुवेतमा मृत्‍यु भएको मिती:-१६ मे,२०२१ आइतबार
  • मृत्‍युको कारण:-उपचारको क्रममा

३)मृतकको नाम:- मोहमद सबिर आलाम

  • ठेगाना:-सुनसरी
  • राहदानी नं-०७६९०६७०
  • कुवेतमा मृत्‍यु भएको मिती:-१ जुन,२०२१ मंगलबार
  • मृत्‍युको कारण:-हृदयघात

४)मृतकको नाम:- राम शरण मण्डल

  • ठेगाना:-सिराहा
  • राहदानी नं-०६८३६७२०
  • कुवेतमा मृत्‍यु भएको मिती:-२९ मेई,२०२१ शनिबार
  • मृत्‍युको कारण:-हृदयघात

कुवेतमा मृत्‍यु भएका यि ४ नेपालीहरुको शव एकै चोटि जुन-१४,२०२१ सोमबार बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौ अवतरण गर्नेछन।

पछिल्लो समय नेपाल सरकारले कोरोना नियन्त्रणका लागी जारी गरेको निषेध्याज्ञाका कारण केही उडानहरु बाहेक नेपालका अन्तरराष्ट्रिय उडानहरु बन्द छन।कुवेतबाट कम्पनिबाट करार अवधि सकिएर नेपाल फर्किनुपर्ने, बिरामी भएर नेपाल फर्किनुपर्ने तथा आफन्तको मृत्युको कारण नेपाल फर्किनुपर्नेहरु कुवेतबाट नेपालको सिधा उडानको प्रतिक्षामा छन भने सरकारले कतार, टर्की, भारत र चीनमा मात्र त्यो पनि सिमित उडानहरु गरिरहेको छ।