लस एन्जलसमा नेपाल आइडल मेगा कन्सर्ट समिति गठन

Hollywood Khabar January 30,2018 Comments

लसएन्जलसबाट
लस एन्जलसका नेपाली समुदायले प्रतिक्षा गरिरहेको नेपाल आइडलको मेगा कन्सर्ट सफल बनाउन स्थानीय प्रवुद्ध नागरिक सहभागी रहेको आयोजक समिति गठन गरिएको छ।
तामांग सोसाइटी उत्तर अमेरिकाका उपाध्यक्ष टेक वाइवा लामाको नेतृत्वमा १३ सदश्य रहेको नेपाल आइडल मेगा कन्सर्ट आयोजक समिति गठन गरिएको हो। धुर्मुश सुन्तली फाउन्डेसन र पश्चिम नेपालको युद्ध पिडित वालवालिकाको शिक्षाको लागि सहयोग पुर्याउने उद्देश्यले आयोजित नेपाल आइडल मेगा कन्सर्ट तयारीका लागि गठन गरिएको समितिमा तारा गुरुङ, बिरबल बुढाथोकी, गोपाल अधिकारी, समसेर भण्डारी,आशिका श्रेष्ठ, डोल्मा लामा-प्रचार-प्रसार संयोजक, राधा आचार्य, चीरन गौतम, देवी चरण घिमिरे, अन्जना बस्नेत, उत्तम थापा, अनिल केसी, अमित लुइँटेल र अर्जुन ठकुरी रहेका छन्।
परोपकारको भावनाले आयोजना गर्न लागिएको नेपाल आइडलको मेगा कन्सर्ट सफल बनाउन स्थानीय संघ संस्थाहरुले समेत आग्रह गरेका छन् । नेपाल आइडल मेगा कन्सर्टलाई भब्य र सानदार बनाउन आफ्नो बेजोड प्रस्तुती लिएर उद्घोषण मार्फत लसएन्जलसवासी नेपाली समुदायको मन जीत्न रिमा विश्वकर्मा समेत अमेरिका आइसकेकी छिन ।
नेपाल आइडल मेगा कन्सर्ट अमेरिकाको लसएन्जलस शहरमा हेर्ने अवसर उपलब्ध गराएकोमा आयोजकलाई धन्यवाद दिदैं नेपाली अमेरिकन आशिका श्रेष्ठले भनिन, नेपाली युवाहरुको ढुकढुकी नेपाल आइडललाई प्रत्यक्ष देख्न र उनीहरुको प्रस्तुतिमा रमाउने अवसरको हामि युवाहरु व्यग्रता साथ् प्रतिक्षा गरिरहेका छौ । उनेल थपेर भनिन्, नेपाल आइडल मेगा कन्सर्ट हेर्न म र मेरो परिवार त जाँदै छौ, तपाईं र तपाइको परिवारले पनि यो अवसर नछुटाउनुहोला।
आयोजक टेक लामा वाइवाले दिएको जानकारी अनुसार लसएन्जलसस्थित नर्वाल्क शहरको सनातन हिन्दु मन्दिरको प्रेक्षालयमा आयोजना गरिने नेपाल आइडलको मेगा कन्सर्टमा सहभागी हुन आतुर नेपाली समुदायको लागि सिल्वर अमेरिकी डलर ३० (मात्र अनलाइन मार्फत टिकट बुकिङ्ग, गोल्ड अमेरिकी डलर ४० र डाइमण्डको लागि अमेरिकी डलर ५० अनलाइन र प्रत्यक्ष खरिद गर्ने ब्यबस्था मिलाइएको छ।
यसैगरी स्थानिय व्यापारिक प्रतिष्ठानहरुको व्यापारिक प्रयोजनको लागि मूख्य प्रायोजकले अमेरिकी डलर एक हजार शुल्क तिरेर आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्ने अवसर सहित ४ वटा विशिष्ठ पास पाउने छन् भने, सह प्रायोजकले अमेरिकी डलर पांच सय शुल्क तिरेर आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्ने अवसर सहित २ वटा विशिष्ठ पास पाउने छन्।
आयोजकले इच्छुक व्यापारिक प्रतिष्ठानहरुलाई आफ्नो बस्तु तथा सेवाको प्रचार-प्रसार गर्नको लागि यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्दै भनेको छ, समुदायसंग जोडिने अभियानका रुपमा आफ्नो ब्यापार विस्तार गर्ने यो एउटा अवसर हो। यसका अतिरिक्त पांच जना भन्दा धेरैको समूह वा परिवार सहित मेगा कन्सर्टमा सहभागी हुन चाहनेहरुलाई १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।
आयोजकका अनुसार नेपाल आइडलको मेगा कन्सर्टबाट बचेको रकम धुर्मुस सुन्तली फाउन्डेसन र पश्चिम नेपालको द्वन्द्ध पिडित वालवालिकाको शिक्षाका लागि सहयोग गरिने बताउदै स्थानीय समुदायको मनोरंजनको लागि आयोजना गरिएको मेगा कन्सर्टमा स्थानिय समुदायको सक्रिय सहभागिताको लागि अनुरोध गरेका छन्।