२२ पुस, काठमाडौं।बरिष्ठ ईभेन्ट डाईरेक्टर लब कार्कीले उत्कृष्ट ईभेन्ट ग्लोबल ईन्टरनेशनल अवार्ड पाएका छन्।वल्डवाइड मिडिया नेटवर्कले थाइल्यान्डको पटयामा आयोजना गरेको ग्लोबल इन्टरनेशनल अवार्ड कार्यक्रममा कार्कीले उत्कृष्ट ईभेन्ट निर्देशकको पारेका हुन् ।बरिष्ठ ईभेन्ट डाईरेक्टर कार्कीलाइ थाइल्याण्डका चर्चित प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, विश्व कीर्तिमानी गीतकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय लगायतले उत्कृष्ट ईभेन्ट ग्लोबल इन्टरनेशनल अवार्ड ,सम्मान पत्र तथा ट्रफी प्रदान गरेका हुन् ।
ईभेन्ट म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको अध्यक्षमा समेत रहेका कार्किले लामो समयदेखी आईकन ब्राण्डका बालवालिका,युवा युवती एवं बिवाहित तथा अबिवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीताहरु आयोजना गर्दै आइरहेका छन् ।नेपालमा सर्वाधिक सौन्दर्य प्रतियोगीता गरेर चर्चा कमाएको एनपी मिडिया हाउसका प्रमुख समेत रहेका कार्कीले यस अघि पनि ईभेन्ट व्यबस्थापकको रुपमा विभिन्न अवार्ड एवं सम्मान प्राप्त गरिसकेका छन ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...