दिपक अभिमन्यू

लघुकथा अ–सहयोग

Hollywood Khabar June 15,2017 Comments

एका बिहानै ओछ्यानबाटै आफ्नो संवाददातसङ्ग रिसले भुतभुताउदै च्याँट्ठिदै उसले संवाददाताको मोबाईलको घण्टी बजाई।उताबाट बिचरो संवाददाता सम्पादकले एका बिहानै फोन गरेको देखेर मनमनै मेरो हिजोको समाचारले तहल्का मचायोकि के हो ? भन्दै आफुले आफैसङ्ग प्रश्न गर्दै बधाई दिन फवन गर्या होला भन्ने मनमा लिएर हेले नमस्ते म्याम भनेर उसको अभिवादन भुईंमा खस्न नपाउँदै उताबाट आएको झनझनाहटयुक्त आवाजले उसको सातपुत्लो गयो।उताबाट उसका कानमा सेकेण्ड ग्रेडको राईफल पड्के झैं एकै पटक कड्केर सम्पादकको आवाज ठोक्कियो।उ झसङ्ग भएर तर्सियो र कानमा लगाएको मोबाईल उसको हातबाट झर्यो।

हत्तपत्त मोबाईल टिप्यो र डरार्ई डराई सोध्यो के भयो र म्याम? उसको प्रश्न चुहिन नपाउदै उताबाट आवाज आयो –तिमलाई मलाई नसोधी न्यूज नहाल भन्या होईन,हिजो त्यो के न्यूज हाल्या? त्यस्तो वाहियात न्यूज नि हाल्ने? राती मलाई मन्त्रीज्यूले फोन गरेर सातो खानुभो।तिमले हामीलाई सहयोग गर्या कि असहयोग? तिमले त्यसैगरि न्यूज हाल्दै जाने हो भने हाम्रो पत्रिका बन्द हुन धेरै समय लाग्दैन।अब आईन्दा मलाई गाली खुवाउने काम गर्यौ भने राम्रो हुन्न।सक्छौ राम्रो काम गर होईन भने छाड्देउ।मसङ्ग काम गर्न माग्दा खुब आफु खुब राम्रो पत्रकार हुँ भनेर धक्कु लाएका थियौ त्यहि हो तिम्रो पत्रकारिता।अरुलाई गाली खुवाउने, काम गर्देको नाममा असहयोग गर्ने, कामको सुरताल मिलाउन नजान्ने के को पत्रकार मैले भन्द्याछु अब न्यूज हाल्दा बिचार गर्ने।उनको राईफल पड्कन छाडेपछि मैले रुझेको मुसोले झैं सानो स्वरमा हस म्याम भनेर मोबाईलको लाईन काटें।

बिहानैको प्रधान सम्पादकको राईफल पड्काइले म छक्क परेको थिएँ।हैन त्यो समाचारमा के थियो र त्यसरी पड्कनु पर्ने? आखिर मैले वहाँलाई सहयोग नै गर्या जस्तो लाग्छ।कहाँ के भएछ?विनासित्तीमा मसङ्ग किन रिसाको होला।मेरो कामले कहाँनेर असहयोग भएछ ओछ्यनमा यस्तै यस्तै मनमा खेलाउदा खेलाउँदै बिहानीको सिरेटोमा म त फेरि पो निदाएछु।आमाले ए बाबु उठ्ने बेला भएन? भनेर ढोका ढक्ढकाएपछि पो झसङ्ग भएँ बिहानीको नौ बजीसकेको रहेछ।