दिपक अभिमन्यू

लघुकथा : सम्बन्ध

Hollywood Khabar June 18,2017 Comments

केही दिनअघि मैले उनलाई एकजना आफ्नै उमेरको पुरुषसँग हिँड्दै गरेको देखेको थिएँ।उनीसंग हिड्ने ती पुरुष त म चिन्दैनथें तर म उनलाई राम्ररी चिन्थें। त्यसको ठिक दुई दिन पछि मैले उनलाई भेट्दा सोधेको थिएँ अस्ती तिमीसंग हिड्ने लोग्नेमान्छे को हो नि?

त्यतिखेर मैले देखेको त्यो मान्छे मैलो कमिज र पुरानो पाइन्ट लगाएर हिँड्दै गरेको पहिरनले नै उसको आर्थिक हैसियतलाई छर्लङ्ग पार्थ्यो।उनले मेरो प्रश्न चुहिन नपाउदै जवाफ दिईन्-कोहि न कोहि मामाको छोरो हो।

 तिम्रो भाइ कि दाइ ?”नि भन्दा “दाजु न भाइ, मेरो त एउटी बहिनी मात्र छ त थाहा छैन र …?” उसले जवाफ दिएकी थिई । “मामाको छोरा पनि त दाजुभाइ नै हुन् नि हैन र ?” । मेरो प्रश्नको उसले एकैछिन घोरिएर जवाफ दिई “…अँ…त्यसरी हेर्दा त भाइ नै पर्छ क्यारे…” ।

आज पनि मैले उनलाई बाटोमा एकजना उसकै उमेरको अपरिचित यूवकसंग निजी गाडीमा आउँदै गरेको देखें गाडीबाट ओर्लनासाथ उनलाई सोधेँ- अनि उ को नि ? । “उँहा मेरो दाइ ” उgले झट्ट जबाफ दिईन्। “हैन तिम्रो त एउटी बहीनी मात्र छिन होईन र ? मेरो प्रश्न भुईंमा खस्न नपाउदै उनले भनिन् “हो, तर मित दाई भनेको नि त आफ्नै दाइ नै त हो नि …” उनले जबाफ दिईन् ।