कथाकार∶अभिमन्यू दिपक 

लघुकथा आदर्श नेता

Hollywood Khabar October 15,2019 Comments

गाउँको सदरमुकाममा रहेको मनमाया भाउजुको चिया पसलमा तीन जना युवकहरु धूँवादार राजनैतिक वहस गरिरहेका थिए । तीनै जना यूवाहरु आ आफना राजनैतिक आदर्श नेताहरुका बारेमा आफूहरु सो नेतालाई किन आदर्शमानेको भन्ने वारेमा आ-आफ्नो तर्क पेश गदैं थिए ।

"...मैले ती नेतालाई आफ्नो आदर्श यस कारण मानेकि उनी राजनितीमा लाग्दा लाग्दै आफ्नो बारेमा समेत सोचेनन् ।केवल देश र जनताका बिषयमा मात्र सोची हिडे ।उनले कहिल्यै आफ्नो सुख भोग विलासी जीवन कहिल्यै चाहेनन्। त्यसैले उनी आज सम्म अविवाहितै बसेका द्छन्।उनलाई आजसम्म कसैलेपनि औंलासम्म पनि उठाउन सकेको छैन ।" पहिलो युवकले आफ्नो आदर्श नेताका बारेमा आधार खुलाउँदै भन्यो "...राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा उनी लागीरहे म उहाँमाथि गर्व गर्छु।"

"मेरो आदर्श पुरुष हुन उनी हरेक समस्या र मुद्दामा सधैं एकजुट हुनुपर्छ भनेर सम्झाउँछन सबलाई.." दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो "... राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन भन्ने उनी सदा सादा रहनसहन उच्च बिचार बोकेर राजनितीमा लागेका छन्, त्यसैले म उहँको समर्थक हुँ भन्दा आफुलाई गर्व गर्छु "

"मेरो नेता राष्ट्र र जनताप्रति एकदमै बफादार र राष्ट्रभक्त छन..." तेस्रो व्यक्तिले आफ्नो आदर्श नेताप्रतिको आस्थाका कारण बताउँदै भन्यो "...मेरो ती आदर्श नेताले विदेशीका सामु कहिल्यै झुकेनन् र झुक्दैन पनि, त्यसैले म उहाँलाई आदर्श नेताका रुपमा मान्छु" उनिहरु राजनैतिक नेताहरुको बारेमा यसरी चर्काचर्की वहस तर्क गर्दैथिए कि मानौं ति सबै नेता राष्ट्रका गौरव गर्न लायक पुरुषहरु उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश गर्दै " भाउजु दुध चिया एक कप है" ।उ मेचमा वस्दै उनीहरुलाई सोध्यो होईन केको वहस चिलि रा हो ?प्रश्न भुईंमा खस्न नपाउँदै पहिलो यूवकले वहसको बिषयमा बेलिबिस्तार लगायो।यो सुन्ने बित्तिक्कै चौथो यूवक बोल्यो थुक्क पाजी हो ।त्यस्ता अपराधीलाई आदर्श मानेपछि तिमीहरु के हुन्छौ?तिमीहरुका आदर्श नेता एक जना भ्रष्टाचारमा,एक जना मानव बेचविखनमा र एक जना लागु औषध कारोवारमा हिजो समातिए ल नपत्याए हेर आजको सबै अखबारमा इत्रो यत्रो भैंसी जत्रो अक्षरले लेखिएका छन् खबरहरु । तिनै जना यूवक एकअर्काको मुख हेराहेर गर्दै  लाजले निहुरिए ।मनमाया भाउजुले थपीहालिन ए हजुरहरुको आदर्श नेता त यस्ता पो रै'छन ओहो!