दिपक अभिमन्यू

लघुकथा: विदेश ! विदेश !! विदेश !!!

Hollywood Khabar July 12,2017 Comments

दिनभरको अफिसको काममा भागदौडले थकित भएर अमित घर आइपुग्यो।घर पुग्ने वित्तिक्कै खाटमा थचक्क बस्यो र लामो सास लियो अनी डङ्ग्रङ्ग ओछ्यानमा पल्टियो।निकैवेर पल्टेपछि अलि आराम भएको महसुस भएपछि उठ्यो कपडा चेञ्ज गर्यो अनि हातखुट्टा र मुख धोयो।उसकी अर्धाङ्गिनी खाना पकाउने तरखर गर्दैथिइन्।घर छिरेको यतिकाबेर भैसक्दा पनि लोग्नेको कुनै खोज खबर नगरि थाहा नपाए झैं गरेर ए आइसक्नु भो भन्दै बल्ल थाहा पाए झैं गर्दैथिइन्।

अमितले एक गिलास चिसो पानी पिउँ न भनेर पानी खान माग्यो।उसको कुरा भुईंमा खस्न नपाउँदै उसले ओठे जवाफ पायो तीन शहर डुलेर आउनु हुन्छ एक गिलास पानी सारेर खान सक्नु हुन्न?स्वास्नीलाई दलाउन पाए केहि चाहिन्न।स्वास्नीलाई त कमारी नै ठान्छन यी लोग्ने मान्छेहरु।श्रीमतीको कुरा सुनेर उसको मन चसक्क दुख्यो कारण उसले आफ्नी श्रीमतीलाई असाध्य माया गर्थ्यो।उसले श्रीमतीका घरायसी काममा समेत हात बँटाउने गरेको कुरा गाउँभरिकाले देखेका थिए र भन्थे अमित जस्तो लोग्ने पाउने आइमाइ साह्रै भाग्यमानी हुन्छन्।मिश्री जस्ती भागयमानी सबै कहाँ हुन्छन्?गाउँभरिकाले असलको संज्ञादिने अमित अचेल श्रीमतीका लागि नराम्रो हुदै गएको थियो।उसकी श्रीमती अचेल सानासाना कुरामा उसङ्ग निहुँ खोज्थी।बिना कारण उसलाई ठोस्थी घोचपेच र छेडछाड अनि चाहिने नचाहिने कुरा गरेर उसको दिमाग चाट्थी।

उसकी श्रीमती किन विदेश विदेश विदेश भनीरेकी छ उसले बुझ्न सकिरहेको थिएन।उसले धेरै सम्झाउन खोज्यो तर जतिपटक उ सम्झाउँथ्यो त्यति पटक,उ आगो भएर प्रस्तुत हुन्थी। हिजोलउसले विदेश गएर के गर्छेउ ? ल भैगो के तिमी मलाई छाडेर विदेशमा बस्न सक्छौ? सक्छु म यहाँ म तिम्रो परिवारको सधैं नोक्कर गरेर आफ्नो जीवन खेर फाल्न चाहान्न।त्यसो भन्दा अमितले झोक्किएर भन्याथ्यो "जाउ मलाई छाडेर नि तिमी खुशी हुन सक्छौ भने मेरो खुशी नि तिमीलाई मिलोस।हुन्छ म तिमलाई मेरो घरखेत बेचेरनि पठाई दिन्छु।मेरो जीवन त यसै नि दुखी जीवन हो,म जसरी नि जिउँला।कोहि चाहिन्न मलाई।"सायद त्यसैको रिफ्लेक्सन थियो त्यो।

उसले फ्रिजमा भएको चिसो पानीको वोतल निकाल्यो गिलासमा हाल्यो अनि त्यसैनि गर्मीले लखतरान भएको उसको मन श्रीमतीको कुराले झन भारी भयो।भारी बोझिलो मन लिएर घटघटघट तीन गिलास पानी पियो अनि फेरि डङ्ग्रङ्ग ओछ्यानमा पल्टियो र बर्बरायो कस्तो रटान लाईराख्या होला खाली विदेश,विदेश,विदेश।आखिर विदेश गएर के पाउन खोज्या होला?जीवनको खुशी या मनको सुख या भौतिक सांसारिक सुख र खुशी ? के साँच्चै विदेश जानेहरुले सुख खुशी पाएका छन् त?आखिर किन देख्छन् विदेशको सपना?आखिर के हुन्छ त्यस्तो विदेशमा? यस्तै यस्तै कुरा मनमा खेलाउँदै उ भुसुक्कै निदाएछ। 

बिहानीको करीब ५ बजे उसको आँखा खुल्यो।साह्रै भोक लाग्या महसुस भयो।उसले त खाना नै नखाइ पो सुतेछ।उसकी श्रीमतीले उसलाई खाना खान बोलाउँदै बोलाइनछ।उसले मनमनै सोच्यो निदाकै भए नि बोलाको भए त उठी हाल्थेनि खाना खान।अब हुदा हुदा विदेशको हावाले दैनिकीमा नि असर पुर्याउन थाल्यो।विदेश विदेश विदेश हैट।उ जुरुक्क उठ्यो आफै चिया बनायो अनि उसले हिजो अफिसमा खान नभ्याएको डाईजेष्टिभ बिष्कुट थियो झिक्यो खायो अनि ट्रयाकसुट लाएर मर्निङ्ग वाकमा निस्कियो।