लेखक दिपक कुमार बिष्ट

लागु औषध तथा मादक पदार्थ सेवनले निम्त्याउने यौनजन्य हिंसा

Hollywood Khabar November 06,2019 Comments

यौन र यौनजन्य क्रियाकलाप भन्नासाथ सबैको चासोको बिषय बन्ने गरेको छ । यौन र यौनजन्य  हिंसा आफैमा पीडादायी हुन्छ चाहे त्यो पुरुषमाथि घटित होस या महिलामाथि । हिजोआज सामाजिक रुपमा निकै गम्भिर सवालको रुपमा अगाडि आउने गरेको बियष हो यौन र यौनजन्य  हिंसा । त्यसमाथि, यौनजन्य हिंसाका घटनामा मादक पदार्थ सेवन गरेर वा झुक्यानमा पारी सेवन गराएर भएका त्यस्ता घटना दिनानुदिन बढदै गएको तथ्य दैनिक जसो पत्रपत्रिका आउनेगरेका यौन र यौनजन्य  हिंसासंग जोडिएका समाचारहरुले पुष्टी गररहेका छन्।जुन विडम्बना बन्दै गएको छ । यौन र यौनजन्य  हिंसा बार्षिक रुपमा के कति घटित हुने गरेका छन् भन्ने सम्बन्धमा यकिन तथ्यांक नभएपनि पछिल्लो समय गरिएको एक अध्ययनले भने  लागुपदार्थ प्रयोग गरेर हुने यौनजन्य हिंसाका घटनामा वृद्धि भएको देखिन्छ ।

लागु पदार्थ सेवन गरेर वा गराएर बेहोसी या अर्ध मुर्छित अवस्थाको फाइदा उठाइ हुने यौनजन्य हिंसाका घटनामा त्यति धेरै अनुसन्धान भने हुन सकेको देखिदैनन्। साथीभाइको भेला वा पार्टीहरुमा महिला पूरुषहरुमा बियर, वाइन वा ह्विस्की लगायतका मादकपदार्थ सेवन गर्ने क्रम बढ्दै गएबाट यौन र यौनजन्य  हिंसासंग जोडिएका पुरुष हिंसा(नशामा लट्ठ परेको पुरुषलाई आफ्नो अनुकुलको पोज या पोजिसनमा राखेर फोटो खिची बार्गेनिङ्ग गर्ने‚बद्नाम गरिदिने धम्की दिने‚अधिक नशाको लट्ठीएका पुरुषहरुलाई आफु अनुकुल प्रयोग गरेर भिडियो खिची पुरुषहरुलाई विभीन्न  धम्की दिदै ईमोसनल ब्ल्याकमेलिङ्ग गर्ने लगायतका हिंसाहरु) यौनजन्य महिला हिंसा (नशामा लट्ठ परेको महिलालाई आफ्नो अनुकुलको पोज या पोजिसनमा राखेर फोटो खिची बार्गेनिङ्ग गर्ने‚बद्नाम गरिदिने धम्की दिने‚अधिक नशाको लट्ठीएका वा  शरीरमा उत्तेजना पैदा गर्ने नशालु औषधि सेवन गराएर महिलाहरुलाई आफु अनुकुल प्रयोग गरेर भिडियो खिची महिलाहरुलाई विभीन्न  धम्की दिदै ईमोसनल ब्ल्याकमेलिङ्ग गर्ने आदियौनजन्य हिंसा )  नशाका सुरमा अधिक यौनजन्य हिंसाहरु हुने गरेका छन् भन्दा अत्युक्ति नहोला। 

एक अध्ययनका अनुसार सन् २०१६–१७ मा १ हजार ६ सयभन्दा बढी यौनहिंसाका घटना भएको कुरा देखाएको छ । जसमा करिब १ हजार २ सय बलात्कारका घटना थिए । यी मध्ये कतिपयमा लागुपदार्थ सेवन गरेर वा गराएर भएका भएपनि पीडितमाथि लागुऔषधको प्रयोग भएको थियो वा थिएन भन्ने निर्क्योल भने हुन सकेको देखिन्न।

नयाँ मुलुकी अपराध संहिताले यौनजन्य दुर्व्यवहारको विषयलाई प्रष्टसंग उल्लेख गरेको पाईन्छ । पुरातन अनुसन्धान प्रणाली नै अपनाउँदा वा मादक पदार्थ सेवनलाई सामान्य रुपमा लिइँदा पीडितको शरीरमा लागु औषध या त्यस्तै खालका नशालु पेय पदार्थ या मदिराको अशं छ वा छैन पत्ता लगाउन कुनै परीक्षण नगरिने भएकाले लागु औषध या त्यस्तै खालका नशालु पेय पदार्थ या मदिराजन्य यौनहिंसा हो वा होइन भन्ने यकिन नहुने गरेको तथ्यलाई केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले पनि ठहर गरेबाट लागु औषध या त्यस्तै खालका नशालु पेय पदार्थ या मदिराजन्य यौनहिंसा हो वा होइन भन्ने कुनै एकिन तथ्य आउन नसकेको प्रष्ट देखिन्छ । 

अर्कोतर्फ, मनोरञ्जनका लागि खुलेका रात्रिकालीन मनोरञ्जन स्थल तथा ‘नाइट आउट’ मा सबैभन्दा बढी ५६ प्रतिशत यस्ता लागु औषध या त्यस्तै खालका नशालु पेय पदार्थ या मदिराजन्य यौनहिंसाका घटना हुने गरेका तथ्य भेटिन्छन् भने सार्वजनिक स्थानमा पनि ७ प्रतिशतसम्म यस्ता घटना घट्ने गरेका पाइएका छन्। यस विषयमा गहिराईमा गएर बृहत् अध्ययन हुनुपर्ने हो र भयावह स्थिति आउन नदिन बेलैमा किशोर–किशोरी, उनका आमा–बुवा तथा शिक्षक–शिक्षिका र सरकार तथा अनुसन्धानकर्ता निकाय प्रहरी र विधिविज्ञान प्रयोगशाला समेत सचेत हुनुपर्ने विज्ञहरुको भनाई रहेको छ।

लागु औषध या त्यस्तै खालका नशालु पेय पदार्थ या मदिराजन्य यौनहिंसाजन्य यौनहिंसाका शिकार ११ देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा यूवायुवतीहरु धेरै रहेको एक अध्ययनले देखाएतापनि सबै उमेर समूहका महिला पुरुषहरु यस्ता हिंसाको शिकार हुने गरेका छन्।त्यसैले लागु औषध या त्यस्तै खालका नशालु पेय पदार्थ या मदिराको प्रयोग भएको र नभएको सम्बन्धमा अनुसन्धानमा यस विषयको जाँच एकिन गर्ने कुराको थालनी हुनुपर्छ भनी जोडदार रुपमा न्यायका उपभोक्तहरु तथा पिडितहरुको हितलाई ध्यानमा राखी आवाज उठाउन अब ढला गर्नु हुन्न भन्ने  विज्ञहरुको जोड रहेको पाईन्छ। बिभीन्न कानुनी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेर यस्ता यौनजन्य हिंसामा लागु औषध या त्यस्तै खालका नशालु पेय पदार्थ या मदिराको प्रयोगबाट यौनजन्य घटना घट्न जाने जस्ता गम्भिर प्रकृतिका घटना तथा परिघटनावाट नयाँ पुस्तालाई सचेत गर्नु र गराउनु आवश्यक देखिन्छ । सरकारी पक्ष तथा सरोकार पक्षले ध्यानदिन जरुरी देखिएको छ त्यस तर्फ यथाशिघ्र ध्यान पुगोस ।
लेखक अधिवक्ता हुनुहुन्छ ।