-ललतिपुरका राजकुमार भुलुनको आफ्नै श्रीमतीको योजनामा हत्या भएको प्रारंभिक प्रतिवेदन

ललतिपुरका राजकुमार भुलुनको आफ्नै श्रीमतीको योजनामा हत्या भएको प्रारंभिक प्रतिवेदन

Hollywood Khabar October 09,2021 Comments

सन्तोष दाहाल, ललितपुर

दक्षिण ललितपुरको बागमती गाउँपालिका ४ प्युटार स्थायी घर भएका २९ वर्षीय राजकुमार भुलुनको गत असोज ११ गते गोदावरी नगरपालिका ७ देवीचौर स्थित सलेनी खोल्सामा शव भेटियो। घर बनाउने ठेकेदार र मिस्त्रीको रुपमा काम गर्दै आएका भुलुनको परिवार केही समयदेखि देवीचौरमै बस्दै आएको थियो।

आईतबार महानगरीय प्रहरी परिसर ललितपुरले भुलुन हत्याको आरोपमा ३ जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। सार्वजनिक भएकाहरुमा मृतककी श्रीमती रोजिना भुलुन, साढु भाई ज्ञान कुमार सिन्तान, साली सुनिता सिन्तान र गोदावरी घर भएकी लक्ष्मी ब्लोन रहेका छन्।

साथै हत्यापछि भाग्दा भिरबाट खसेर ज्यान गुमाएको अवस्थामा गोदावरी नगरपालिका ११ घर भएका २८ वर्षीय मनोज मगर भनिने मनोज सार्कीको शव फेला परेको छ। असोज १३ मा राजकुमारको शव फेला परेको ठाउँबाट केही पर भीरबाट ३ सय मिटर तल खसेको अवस्थामा मनोजको शव भेटिएको परिसरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

बज्राचार्यका अनुसार राजकुमारलाई खुकुरी हानेर भाग्ने क्रममा मनोजको भीरबाट लडेर ज्यान गएको प्रहरी अनुसन्धानबाट खुलेको छ। साथै उक्त हत्या मृतककी श्रीमती रोजिनाकै योजना अनुसार भएको खुलेको छ। रोजिनाले आफ्ना बहिनी–ज्वाईं ज्ञान कुमार सिंतान, बहिनी सुनिता र मृतककी साथी ३० वर्षीया लक्ष्मी ब्लोन भनिने म्याक्सी माया भोलनको सल्लाहमा हत्या गर्न लगाएकी थिइन्। उनीहरुले मनोज सार्कीलाई हत्याको सुपारी दिएको अनुसन्धानबाट थाहा भएको छ ।

हत्याअघि मनोजलाई ५ हजार र हत्यापछि ५० हजार दिने सहमती अरोपीहरुले सहमति गरेका थिए । मनोजले खुकुरीले हानेर भुलुनको हत्या गरेको थाहा भएको छ । राजकुमारले घरेलु हिंसा गरेका कारण रजीनाले हत्याको योजना बनाएको देखिएको छ’ एसएसपी बज्रचार्यले भनिन्, मनोज र मृतककी साथी लक्ष्मी एउटै गार्मेन्टमा काम गर्दै आएका थिए ।

राजकुमारको हत्या भएको दुई दिनपछि हत्याका मुख्य आरोपी मनोज सार्की पनि मृत भेटिएका थिए । राजकुमारको हत्या अनुसन्धान गर्दा तालिमप्राप्त कुकुरले हत्यामा संलग्न व्यक्ति घटनास्थल वरपर नै रहेको संकेत गरेको थियो।