-ललितपुरको धापाखेलमा बन्दक बनाइएका पाकिस्तानी नागरिक झ्यालबाट हाम फालेर प्रहरी शरणमा

ललितपुरको धापाखेलमा बन्दक बनाइएका पाकिस्तानी नागरिक झ्यालबाट हाम फालेर प्रहरी शरणमा

Hollywood Khabar October 12,2021 Comments

प्रणामखबर/काठमाण्डौ-गत सोमबार अन्दाजी बेलुका ७ बजेको समयमा ललितपुरको धापाखेलस्थित सिभिल होमको घर नम्बर ४ सय १७ बाट एक जना फिजान अहमद नाम गरेका पाकिस्तानी नागरिकले घरको झ्यालबाट हाम फालेर गुहार मागे। गुहार मागेका उनी महानगरीय प्रहरी परिसर ललितपुरको शरणमा पुगेर आफू अपहरणमा परेको बताएपछि प्रहरी कार्यालयले तत्काल प्रहरी टोली खटाएर अनुसन्धान सुरु गर्यो।

अपहरणमा परेका ती विदेशी नागरिक सोमबारै एयर अरेवियाको फ्लाईटबाट नेपाल, काठमाण्डौ हुंदै क्यानडा जान भनी आएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। तर त्यसो भएन उनि अपरहणमा परेका रहेछन।

उनीहरु काठमाण्डौं आएपछि क्यानाडा जानको लागि पठाउने मानिसले तपाईलाई एयरपोर्टमा मान्छे लिन आउछ भनेका थिए। त्यसै अनुसार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुई जना पाकिस्तानी नागरिक जिसान मोहम्मद र ताज रिजवान पुगे। तर उनलाई धापाखेलस्थित सिभिल होममा लगेर डोरीले बाधेर राखे।

अपहरणकारीहरुले फिजान अहमद क्यानाडा पुगिसके भन्दै उनका पाकिस्तानीका परिवारलाई २५ हजार डलर मागेपछि पिडितले मौका छोपी झ्यालबाट भागेर प्रहरीलाई खबर थिए। पिडितको वयानका आधारमा प्रहरीले घटनास्थल निरीक्षण गर्दा डोरी, ब्लेड तथा रड आदी सामाग्रीहरु फेला पार्यो।

त्यस घटनामा संलग्न दुईजना पाकिस्तानी नागरिक जिसान मोहम्मद र ताज रिजवानलाइ प्रहरी परिसर ललितपुरको टोलीले भोलि पल्ट सोमबार ठमेल नर्सिङचोकबाट पक्राउ गर्न सफल भयो। ललितपुर प्रहरी परिसरले दिएको जानकारी अनुसार अभियुक्त पाकिस्तानी नागरिकहरुलाई अपहरण तथा शरिर बन्धक सम्बन्धी मुद्दामा थप अनुसन्धानको लागि जिल्ला अदालत ललितपुरमा पेश गरी १५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको छ।