-ललितपुर महानगरको योजना तर्जुमा गोष्ठी

ललितपुर महानगरको पूर्व योजना तर्जुमा गोष्ठीः पूर्वाधार विकासमा प्राथामिकता

Hollywood Khabar April 02,2019 Comments

ललितपुर/२० चैत

ललितपुर महानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमका वक्ताहरुले औल्याएका छन् ।

आर्थिक वर्ष २०७६/२०७७ का लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको वार्षिक विकास कार्यक्रमको पूर्व योजना तर्जुमा गोष्ठीमा उनीहरुले उक्त कुरा उक्त वताएका हुन् । प्रनिनिधिसभा सांसद पम्फा भुषालले भौतिक पूर्वाधार नै विकासको पहिलो आधार भएको वताइन्।

प्रदेशसभा सांसद माधव पौडेलले परिणाम प्राप्त विकासका लागि जोड दिनुपर्ने वताए।

ललितपुर महानगरकी उपमेयर गीता सत्यालले महानगरपालिकाको पहिलो प्राथामिकता महानगरबासीले प्रत्यक्ष अनुभुत गर्ने गरी योजना बनाइने वताइन्, उपमेयर सत्यालले भनिन्, सडक, ढल निकास र फोहोर व्यवस्थापन महानगरको पहिलो प्राथामिकताको योजना हो । उनले महानगरमा पछि गाभिएका १० वटा वटाहरुको विकास तथा स्तरोन्नतीका लागि विशेष महत्वका साथ ध्यान दिने वताइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले दीर्घकालीन ठूला योजनाहरुलाई प्राथामिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने वताए। उनले भने, विकास भनेको सडक विस्तार मात्रै हैन, सडक कति सुविधासम्पन्न छ भन्ने पनि हो, त्यसतर्फ महानगरले बजेट निर्माण गर्दा ध्यान दिनुपर्छ । प्रमुख जिल्ला अधिकारी जोशीले प्रत्येक वडामा व्यवस्थित पार्क र पार्किङको पनि व्यवस्था हुनुपर्ने वताए।

ललितपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद भट्टराईले सहभागीतामुलक विकास योजना निर्माणका लागि यो गोष्ठी आयोजना गरिएको वताए। महानगरको गौरवका योजनाहरु समेत प्राथामिकतामा रहेको वताउँदै सम्पदा र संस्कृति संरक्षणको लागि पनि महत्वका साथ काम गर्ने वताइन्।

गोष्ठीका सहभागीहरुले महानगरका २९ वडा मध्ये १९ वटा वडामा भएको जस्तै विकास पछि गाभिन आएका १० वटा वडाहरुमा गर्नका लागि सुभाव दिएका थिए। उनीहरुले सम्पदा र संस्कृतिको नगर ललितपुरलाई पर्यटकलाई आकर्षित गर्न विशेष योजना ल्याउन समेत जोड दिए । महानगरले छुटै अस्पताल संचालन गर्नुपर्ने धारणा राख्दै अबको आर्थिक वर्षमा यसलाई समावेश गर्न सुझाव दिए। महानगरपालिकाले अब बनाउने पूर्वाधार अपागंतामैत्री हुनुपर्ने बताए। उनीहरुले पर्यटन शुल्कबाट उठेको निश्चित रकम पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्रको संरक्षण र सम्बद्र्धनमा लगाउनु पर्ने वताए।