लक्ष्मण दुलाल, ललितपुर/७/२५/२०
केही दिनदेखिको बर्षाको कारणले तराईमा डुबान तथा पहाडमा पहिरोले गर्दा धेरै मानिसहरुको ज्यान जानुका साथै कैयौं मानिसहरु घरबारबिहीन भएका छन्। त्यस्तै ललितपुरको महाँकाल गाउँपालिकामा पनि बर्षाको कारणले ठुला तथा साना गरी दर्जनौं पहिरो गएका छन् भने यस क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा दुध सहज रुपमा बेच्न पाएका छैनन् ।
रातोमाटे, कतवन, गोटीखेल चन्दनपुर हुँदै ठुलादुर्लुङ जाने मुल सडक रातोमाटेमा ठुलो पहिरो गएकाले त्यहाँ पहिरो खुलाउने कार्य भइरहेको मानिखेल २ की वडा सदस्य पार्वती तिमल्सिनाले बताइन्। सडक खुलाउने कार्य भइरहेकाले तत्कालका लागि दुध तरकारीहरु खोरभन्जयाङ हुँदै पास गराईएकोउनले बताएकी छिन्। यस्तै रातोमाटे धामीडाँडा, छेपारीडाँडा, कालेश्वर हुँदै काभ्रेको बेथानचोक गाउँपालिका जोड्ने सडक पनि बन्द छ । धामीडाँडामा ठुलो पहिरो गएकाले नै कालेश्वर जाने बाटो बन्द भएको स्थानीय व्यापारी उत्तम दहालले बताए। उनका अनुसार नक्नडोल बाट चौतारीडाँडा हुदै चन्दनपुर जाने बाटो खुलाउने कार्य भईरहेको छ तर कालेश्वरको घटेखोला नजिक पनि ठुलो पहिरो गएको कारण पुर्ण रुपमा बाटो सुचारु हुन केही समय लाग्नेछ ।
महाँकाल गाउँपालिका वडा ३ साविकको ७ र ८ को दोसाँध धामीडाडामा राजेश चौलागाँइ, मैया तिमल्सिना, नानी चौलागाँइको घरमुनीबाट पहिरो गइ सडक भासिएर दिपेन्द्र तिमल्सिना, कुल तिमल्सिना ,कोपीला तिमल्सिना र जीबन तिमल्सिनाको घर जोखिममा परेका छन् । कालेश्वर जाने सडकको डोजर लगाएर हाइट काटेर बाटो फाकिलो बनाएकाले ठुलो पहिरो गएको दीपेन्द्र तिमल्सिनाले बताए। गत वर्ष पनि गोठ पुरिएर दुइ ओटा भैँसी गुमाएका दीपेन्द्रको यस बर्ष घरबासै उठ्ने चिन्ता छ। उनले भने, हामी घरमा बस्न नसकेर आफन्त र छरछिमेकमा बस्न बाध्य छौं। स्थानीय निकायमा खबर गरेको तीन दिन भो, खै अहिलेसम्म कोही आएका छैनन्। 'दीपेन्द्रलाई मात्र होइन,ठुलो पहिरोको जोखिमले गर्दा धेरै क्षति भएर धेरैको घरबार गुम्न सक्ने सम्भावना छ। स्थानीयका अनुसार धामिडांडाको एउटा सिंगो डाँडा नै फाटेको छ। डाडा खस्यो भने धामीखोलाको ८ घर र गोटीखेल बजार सम्म क्षति पुग्न सक्छ। पहिरोले गर्दा मकै, तरकारी र लौठ सल्लाको बिरुवाहरु नष्ट भएका छन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...