-एनआरएनएले लाप्राकमा बनाएको एकीकृत नमूना बस्ती

NRNA:एनआरएनएले लाप्राकमा बनाएको एकीकृत नमूना बस्तीबाट नेपाली सेना फिर्ता

Hollywood Khabar December 17,2019 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखा, लाप्राकको गुप्सीपाखामा बनाएको एकीकृत नमूना बस्तीमा श्रम दान गरिरहेको नेपाली सेना फिर्ता भएको छ।

रणसिं दल गणका गणपति उज्वल के सीले २०७३ मंसिर १५ गतेबाट खटिदै आएको सेनाको टोली काम सम्पन्न गरि फर्केको बताए। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जिम्मा लिएको उक्त वस्ती निर्माणमा गत असारसम्म श्रमदान गरेको सेनाले त्यस यता वस्तीमा सुरक्षा दिने काम गरिरहेको थियो। दुई बर्षमा वस्ती निर्माण सक्ने भनेर सोही अवधि सम्मका लागी सम्झौता भएपनि काम नसकिएर पटक पटक म्याद थप भएपछी वुधवारबाट वस्तीमा खटिएको टोली फिर्ता भएको हो।

अधिकृतको कमाण्डमा हाल ३० जनाको टोलीले वस्तीमा सुरक्षा दिइरहेका थिए। वस्ती निर्माणका लागि सेनाले करिव आठ करोड रकम बराबरको श्रमदान गरेको गणपति के सीले बताए। सेना बाहिरिएसँगै वस्तीको सुरक्षार्थ नेपाल प्रहरीले अस्थायी विट स्थापना गरेर आजबाट खटिएको एसपी ओमप्रसाद अधिकारीले बताए।

एनआरएनएले बैशाख १२ गते राष्ट्रपतिको हातबाट वस्ती हस्तान्तरण गर्ने योजना रहेको इन्जिनियर लक्ष्मण अर्यालले बताए। ५७३ घरधुरी वस्तीका घर निर्माणको काम ९० प्रतिशत र शौचालय निर्माणको काम ६० प्रतिशत सकिएको छ। हिमपात भएसँगै अहिले काम रोकिएको छ।