-तस्बिर साभार वेब

लता मंगेशकर आईसीयूमा !स्वास्थ्य स्थिर 

Hollywood Khabar November 10,2019 Comments

२६कार्तिक,काठमाडौं।भारतकी चर्चित तथा सर्वश्रेष्ठ गायिका लता मंगेशकर गम्भीर बिरामी परेपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर  उपचार भइरहेको छ ।मंगेशकरको छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार अस्पताल लगिएको र स्वास्थ्य स्थिर रहेको लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

सामाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार ९० वर्षीया लता मंगेशकर आईसीयूमा छिन् र स्वास्थ्य गम्भीर छ ।भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिकालताले भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मान पाएकी छन् भने कैयौं नेपाली गीत पनि गाएकी छन्।