साङ्केतिक तस्बिर साभार वेब

लकडाउन अटेर गर्ने ८६ जना पक्राउ

Hollywood Khabar March 24,2020 Comments

१२ चैत्र काठमाण्डौ।काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बुधबार लकडाउनको अटेर गर्ने ८६ जना पक्राउ परेका छन्।मंगलबार लकडाउनको अटेर गर्ने ६८ जना पक्राउ परेका थिए।सरकारले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गरे पनि केहीले अटेरी गरेका छन्।मंगलबार विहान ६ बजे देखि नेपालमा लक डाउन छ।सरकारले आफू र आफ्नो परिवारका लागि भए पनि लक डाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ।तर केही मानिस भने यो आग्रहको अटेरी गर्दै सडकबाट अनावश्यक हिडँडुल गर्दै छन्।

यसैबीच काठमाडौमा ७०८ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।लक डाउनको अटेरी गर्नेमा धेरैजसो मोटरसाइकल चालक छन्।६१८ वटा मोटारसाइकल र ९० वटा चार पांग्रे गाडीलाई नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।