तस्बिर साभार वेब

लकडाउनले रोकेन मेला भर्न

Hollywood Khabar April 06,2020 Comments

२५ चैत्र बझाङ।कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला बझाङ जिल्लामा भने विसरती मेलाका लागि हजारौं मानिस जम्मा भएका छन्।बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको छ।सरकारले सोमबार वैशाख ३ गतेसम्मका लागि थप लकडाउन घोषणा गरेपनि बझाङमा भने त्यसको कुनै असर परेको छैन।कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेश भन्दा जोखिममा छ।

सुदूरपश्चिमका ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।भारतबाट स्वदेश फर्किएका दुई र दुबईबाट आएका एक जनाबाट आफ्नै परिवारका एक जनालाई संक्रमण सरेपछि सुदूरपश्चिमा कोरोनाका संक्रमित ४ जना फेला परेका हुन्।तर, बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उल्लंघन गर्दै हजारौंको भीड जम्मा गरी सोमबार बान्नीकी चैतली मेला मनाएका छन् ।

गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले चैतली मेला मनाउन रोक लगाए पनि स्थानीयले अटेरी गरेको बताइन्।‘गाउँपालिकाका विभिन्न नाकामा प्रहरी परिचालन गरिएको छ, तैपनि स्थानीयले चोरबाटो प्रयोग गरी मेला भरेका छन्, जुन दुःखद कुरा हो’, उपाध्यक्ष जोशीले भनिन्।