- गीतकार लोकराज अधिकारी सम्मानित

लोकप्रिय गीतकार लोकराज अधिकारी दाङमा सम्मानित

Hollywood Khabar January 12,2020 Comments

२९पुस, दाङ ।लोकप्रिय गीतकार लोकराज अधिकारी सम्मानित भएका छन् ।चलचित्र पत्रकार संघ दाङ शाखाले  तुल्सिपुरमा सोमबार सम्पन्न संघको चौथो अधिबेशनका अबसरमा गीतकार अधिकारीले सुगम संगीत र चलचित्र गीतीलेखनमा ख्याती  प्राप्तगरि दाङको उच्च शिर राखेको भन्दै  सम्मान गरिएको  हो ।

चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष डा अमर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौला नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन पृयाशन लगाएतले गीतकार अधिकारीलाई दोसल्ला र सम्मानपत्र बाट संमान गरेका हुन । संघका निबर्तमान अध्यक्ष  ध्रुबराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरु चलचित्र पत्रकार संघ दाङको गतिविधि अन्य शाखाको तुलनामा उदाहरणिय भएको बताएका थिए । अधिबेशनले शिव पुन को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।