-गायीका तथा मदन दिपविमकी कान्छी छोरी ममता दिपविम

बरिष्ठ संगीतकार मदन दिपबिमको श्रद्धासुमन सभामा सबैजनाका आँखा रसाए-लाइभ भिडियो सहित

Hollywood Khabar June 01,2019 Comments

कृष्ण के सी/अमेरिका/६/२/१९

बरिष्ठ संगीतकार, गीतकार, अनि कलाकार स्व मदन दिपबिम बस्नेतको संझनामा अमेरिकाको सान फ्रान्सिस्को, क्यालिफोर्नियामा श्रद्धासुमन सभा सम्पन्न भएको छ।

सान फ्रान्सिस्को बे एरियाका १७ वटा सामाजिक संस्थाहरु, संचारकर्मी लगायत नेपाली समुदायको सामुहिक आयोजनामा जुन २, २०१९ मा स्व मदन दिपबिम बस्नेतको संझनामा श्रद्धासुमन सभा सम्पन्न छ। सभामा थुप्रै नेपालीहरुको उपस्थिति थियो ।

स्वर्गीय दिपबिमकी श्रीमती गायिका शिव बस्नेत र उनकी छोरी ममता दिपबिमले मदन दिपबिमको फोटोमा फुलार्पण तथा शान्ति दिप बालेर सभामा सुरु गरिएको थियो। सभामा मदन दिपबिमबारे विभिन्न व्यक्तिहरुले हृदयस्पर्सी, आँखा रसाउने, मुटु बढाउने श्रद्धासुमन व्यक्त गरेका थिए।

कार्यक्रममा सहायक प्राध्यापक डा टिका लम्सालले मदन दिपविमबारे गरेको छोटो अनुसन्धानबारे प्रस्तुत गरे। स्वर्गीय बस्नेतलले १५०० भन्दा धेरै गीतमा संगीत गरेको, ४०० भन्दा धेरै गीत गाएको र २५० भन्दा धेरै गीत रचना गरेको जानकारी पाइयो। त्यसैगरी १००० जति गीतका भिडियोग्राफी पनि गरेको जानकारी प्राप्त भयो। त्यसबाहेक हजारौ गीतमा नृत्य गराएको, गरेको र सिकाएको इतिहास पनि उनिसंग रहेछ।

टेलिभिजनकर्मी रोशन प्रताप राणाले केहि शब्दका साथ बाँसुरी बजाएर श्रद्धाञ्जली अर्पण गरे । टिका पुन र कैलाश थापाले कार्यक्रमलाइ मार्मिक रुपमा संचालन गरेका थिए ।

त्यसैगरी गायक नरेन्द्र प्यासी, निर्मल फुँयाल, रन मगर लगायतका गायक गायीकाहरुले मदन दिपविमका संगीतबद्द गीतहरु गाएका थिए। मदन दिपविमको संगीत रहेको लाक्पा शेर्पाले गाएको झस्केर मुटुलाइ अर्का २६ बर्षीय नयाँ शेर्पाले गाए। गायक नरेन्द्र प्यासीले आफू १९ बर्षको उमेर हुँदा मदन दिपविमले संगीत गरेको के भुल भयो प्रिय अलिकति भावुक र फरक प्याट्रनमा गाए।

सभामा यो समाचार लेख्दै गरेको कृष्णले पनि दिपविमले संगीत गरेको आफ्नो गीत -न म नेपाली नै रहें न म विदेशी नै भएँ लाइ रेकर्ड मात्र गर्न बाँकी रहेको कुरा जानकारी गरायो। गीतलाइ निर्मल फुँयालको आवाजमा रेकर्ड हुनेछ। म्यूजिक एरेन्ज र ट्रयाक तयार भयो अब स्वर मात्र बाँकी छ। यो गीत फेब्रवरी १, २०१९ मा संगीत गरेर सम्पन्न गरेको सायद उनको अन्तिम संगीत हुनुपर्छ ।

अन्तमा सबैलाई धन्यवाद दिदै मदन दिपविमकी छोरी गायीका ममता दिपविमले दुइटा गीतका लाइन गाउन प्रयास गरिन तर सकिनन् । उनको हृदय अत्यन्तै विदारक थियो अनि त्यो हेर्दै गरेका उपस्थित सबैजनाका आँखा रसाए । ममता दिपविमले स्वर्गीय मदन दिपविमको स्मृतिमा फ़ाउण्डेशन बनाउने जानकारी दिइन। 

हलिउडखबरद्धारा गरिएको लाइभ भिडियो हेर्न तलका दुइ लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/krishnakc555/videos/10156460534905547/

https://www.facebook.com/krishnakc555/videos/10156461189845547/

जनवारी २६, २०१४ मा मदन दिपविमसंग गरिएको अन्तर्वार्ता हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.youtube.com/watch?v=sEUqdIEaHD4