Hollywoodkhabar advertisement

माधव नेपालको १००१ सदस्यीय पिभी हुन् की नयाँ पार्टी सदस्य?

-माधव नेपालको १००१ सदस्यीय पिभी हुन् की नयाँ पार्टी सदस्य?

सत्ताले मैमत्ता भएर सत्ताच्यूत भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी ओली र नेता नेपालकाबीचको अन्तरिक विवादले चरम रुप लिएको छ।

ओलीको गिर्दो अवस्था, सत्ता बाहिर भएको हप्ता नपुग्दै दर्जन भन्दा बढी सांसदले मुर्दालाइ जुम्राले छोडे जस्तै छोडेको अवस्था देखियो। यति मात्र होइन स्थायी कमिटी र केन्द्रिय कमिटीमा नै नेपाल खनाल पक्षको बहुमत पुग्ने अवस्था देखएको छ। यो अवस्था देखेर डराएका अध्यक्ष शर्मा ओलीले गाली गर्न छोडेर नेपाललाइ अर्को अध्यक्षको अफर फाले।

तर नेपाल पक्षले भने ओलीले अध्यक्ष पदबाट नै राजीनामा गर्नुपर्ने माग राख्दै आएका छन्। यतिमा मात्र उनीहरु रोकिएनन। माधव नेपालले अर्को झड्का लाग्ने गरि १००१ सदस्य पिपल्स भोलेन्टियरको घोषणा गरे।

वरिष्ठ नेता माधवकुमार नेपालले जुलाइ २२, २०२१ बिहिबार १००१ सदस्य पिपल्स भोलेन्टियर घोषणा गरेका छन्। भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रममा नेता नेपालले एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन्।

सो क्रममा नेता नेपालले पिपुल्स भोलेन्टियर कम्युनिस्ट विचारबाट अघि बढ्ने बताए। भोलेन्टियरले अरूले जे गर्छ त्यो नगर्ने उनको दाबी छ। यो कम्युनिस्ट विचारबाट अघि बढ्ने संगठन हुनेछ पिपुल्स भोलेन्टियर। राम्रा मानिसको गुण तपाईंरूले सिक्नुपर्छ। नराम्रो बानी नसिक्नुहोला। यो कुरामा म विशेष जोड दिन चाहान्छु। राम्रो बानिव्यहोरा भयो भने मान्छेले गौरवबोध गर्नेछन्।

युवा संघले निर्माण गर्ने पिपुल्स भोलेन्टियर असल मानिसको स्वभाव बोकेको स्वयंसेवक बन्नुपर्छ। अरूले जे गरे त्यो दोहोर्‍याउने होइन, उनले भने। पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको छ।

जे सुकै भनिएता पनि पिपुल्स भोलेन्टियर चाहिँ कि त ओली गलाउन कि भने नयाँ पार्टीको आधार बनाउन खोलिएको भन्ने आम रुपमा भनाइ रहेको छ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----