महरा कानुनी परामर्शका लागि कारागारमा भेटघाटमा व्यस्त

0
shares

by Soni Sharma | Updated: 07 Nov 2019

179 views
निवर्तमान सभामुख कृष्ण बहादुर महरा

२१ कार्तिक काठमाडौं।बलात्कार प्रयासको अभियोगमा पुपक्र्षका लागि डिल्लीबजार कारागारमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई नेकपाका स्थायी समिति सदस्य एंव प्रमुख सचेतक देव गुरुङ्गले भेट गरेका छन्।बिहिबार बिहान गुरुङ्गले महरासँग कानूनी परामर्श भन्दै ४५ मिनेटजति कुराकानी गरेका हुन्।यसअघि परिवारका सदस्य बाहेक अन्य कसैसँग पनि महराले भेटघाट गर्न चाहेका थिएनन्।तर कानूनी परामर्शको लागि भन्दै गुरुङ्गलाई आफैंले बोलाउन लगाएका हुन्।

नेकपा नेता गुरुङले आफुँले जिल्ला अदालतको फैसला चित्त नबुझेको खण्डमा उच्च अदालत जाने र उच्चको पनि चित्त नबुझे सर्वौच्च जाने भन्नेमा छलफल गरेको बताएका छन्।महरासंग भेटघाटका लागि पुग्नु भएका ललितपुर बारका अध्यक्ष दिपक कुमार बिष्टले काठमाण्डौं जिल्ला अदालतबाट मिसील संलग्न प्रमाणहरुको उपेक्षा गरेर न्यायको मर्म विपरित भएको आदेश उपर उच्च अदालत जानुपर्ने बताएका छन्।पसंसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा पुर्पक्षमा लागि महरा डिल्लीबजार कारागार चलान भएका छन् ।