-म जिते महिला हार्छ, म हारे पनि महिला हार्छ, म जिते क्यालिफोर्निया हार्छ म हार्दा क्यालिफोर्निया नै हार्छ-दिक्षा बस्नेत

म जिते महिला हार्छ, म हारे पनि महिला हार्छ, म जिते क्यालिफोर्निया हार्छ म हार्दा क्यालिफोर्निया नै हार्छ

Hollywood Khabar May 20,2021 Comments

कहिले काहिँ आफ्नै कुरा गर्नुपर्दा पनि अनौठो रुपमा व्यक्त गर्नुपर्दो रहेछ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको चुनावमा मेरा कुरा एउटा अनौठो रुपमा आएको छ।

म जिते पनि महिला हार्छ, म हारेपनि महिला हार्छ, म जिते पनि क्यालिफोर्निया हार्छ अनि म हारे पनि क्यालिफोर्निया हार्छ। म यो चुनावको कारण बहुत असमन्जस्यमा छु तर पनि उम्मेदवार भएर अगाडि आएकी छु। मसँग जताबाट र जसरी पनि चुनौती मात्र थियो। मेरो विकल्प भनेको चुनावमा प्रतिस्पर्धी हुनु नै थियो। यस्तै अवस्थामा म अगाडी आएकी हुँ।

म एनआरएनए एनसीसी अमेरिकाको यो २०२१-२०२३ कार्यकालको लागि उपाध्क्ष (महिला तर्फ) को लागि उम्मेदवार भएकी छु। मेरो प्रतिस्पर्धी पनि विधानको ब्यबस्था अनुसार स्वभाविक रुपमा महिला नै हुनुहुन्छ। म क्यालिफोर्नियन हुँ र मेरो प्रतिस्पर्धी पनि क्यालिफोर्नियन नै हुनुहुन्छ। त्यो अर्थमा म जिते महिला हार्छ र म हारे पनि महिला नै हार्छ। म जिते क्यालिफोर्निया हार्छ अनि म हार्दा पनि क्यालिफोर्निया नै हार्छ भनेकी हुँ।

मेरो जीत र हारमा क्यालिफोर्नियालाइ हार र जितको तगारो नदिन सकिन्थ्यो तर पनि त्यो समय धेरै पछाडी परेको छ हामी धेरै आगाडी आएका छौं। एक किसिमले हेर्दा नतिजाले जे जस्तो अवस्था ल्याएता पनि फरक धारबाट हेर्दा यो राम्रो पक्ष पनि हो। कम्तिमा महिला उम्मेदवार खोजेर ल्याउने र एक चौथाईको तराजुमा तौल पुर्याउनु पर्ने अवस्थालाई चुनौती दिएर प्रतिस्पर्धी बनाएको छ। यो एक हदले खुशीको कुरा हो र प्रगतिको कुरा पनि हो।

म, दिक्षा बस्नेत, चुनौतीको सामना गर्दै आएकी व्यक्ति आरंक्षणमा विश्वास गर्दिन। ठाडो चुनौती दिएर भिड्ने मेरो बानी हो। तर पनि केहि समयसम्म यो आरक्षणलाइ कायम राख्नु जरुरि देखिएकाले संघले विश्वब्यापी बनाएको माहोललाइ हामीले अमेरिकामा पनि बिधान संसोधन गरेर मिलान गर्यौं।

अब खोजेर होइन प्रतिस्पर्धा गरेर मत दिने समयको सुरुवात भएको छ। यसो हुनुमा पनि एनसीसी अमेरिकामा मेरो थोरै भएपनि योगदानको हात छ। भन्नुपर्दा महिला नेतृत्व विकासमा अग्रजले दिएको थिरै योगदानमा मैले केहि योगदान दिएकी छु।

हाम्रो एनआरएनए एनसीसी अमेरिकाको इतिहासमा हेर्दा अहिले सम्म अध्यक्षका लागि चुनौती दिने पहिलो साहसी महिला २०१५ मा अध्यक्षकी प्रत्यासी रमा सिंह हुनुहुन्थ्यो। त्यसलाई २०१७ मा गएर रविना थापाले निरन्तरता दिनुभयो। हाल रबिना थापा संघको अन्तराष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ। त्यो समय विल्कुलै फरक थियो। अहिले धेरै परिवर्तन भएको छ। महिलाहरुको लागि थुप्रै सहज स्थान पनि बनाइएका छन्। यसमा म एनआरएनए एनसीसी अमेरिकाको क्यालिफोर्निया च्याप्टरमा २०१५ देखि २०१९ सम्म महिला संयोजक भएर गरेको काम। अनि यो २०१९ देखि वर्तमान सम्म महिला संयोजक भएर गरको कामको पनि केहि योगदान गरेको कुरा जाहेर गर्न चाहन्छु।

जस्तो की:

  • अमेरिकामा बस्ने महिलाहरुहरुका लागी आपत्कालीन अवस्थामा २४ घण्टा हटलाईन सेवा उपलब्ध गरेको छ। भोलिका दिनमा यो सेवालाई अझ ब्यबस्थित र सुद्रीकरण गर्दै लानको लागी थप काम गर्नुछ।
  • महिला सहभागिता, शसक्तिकरण र समाबेशिकरणको लागी आफु महिला संयोजक हुँदा गठन गरेको कमिटीलाई शसक्त र बृहत गरेर अमेरिकाका सबै समुदायमा पुग्ने गरी अमेरिकाका चारवटै क्षेत्रमा कमिटी गठन गर्ने र छेत्रीय लेभल बाट दिदिबहिनीहरुलाई समेटेर काम गर्न।
  • महिला डिपार्टमेण्टलाइ बजेटको लागी मेरो प्रतिबेदनलाई स्विकारेर साधारणसभाबाट पास गराएको र भोलीका दिनमा अझ यसलाई परिमार्जन गर्दै बजेटमा जोड दिने।
  • एनआरएनए एनसीसी अमेरिकालाइ बिश्वकै इतिहासमा पहिलो पटक अन्तरअष्ट्रीय महिला सम्मेलन गरेको थिएँ। जुन सम्मेलनमा बिज्ञ महिलाहरुको सहभागिता र ज्ञानको आदान-प्रदान भएको छ।
  • यसबाट भोली संस्थामा यस्ता दिदि-बहिनीहरुलाई आकर्षित गरी महिलाहरुका समस्या र दक्ष महिलाहरुको उपस्थितीलाई मध्य नजर गर्दै, घरेलु हिंसा, मानसिक रोग, इमिग्रेसन समस्या, लगायत महिलाहरु माथिहुने फरक नैतिक प्रहार बिरुद्द काम गर्न कार्यपत्र समेत तयार गरेको छ। त्यसलाई कार्यनन गर्न मेरो नेतृत्वले प्रमुख भूमिका खेल्ने छ।
  • एनआरएनए एनसीसी अमेरिकाको बिधानलाई सर्बोपरी मान्दै महिला उपाध्यक्षको काम, कर्तब्य र भूमिकालाई मध्यनजर गर्दै बिधान को ६२:२ मा उल्लेख गरे अनुसार Gender Equality, Women Empowerment, Skill Development, Women & Children Welfare Affairs जस्ता बिषयमा शसक्त रुपमा काम गर्ने योजनाबद्ध हिसाबले अगाडि बढ्ने मेरो योजना हो।

यहाँहरुको सहयोग र साथको लागि अपिल गर्दै;

दिक्षा बस्नेत

महिला संयोजक तथा उपाध्यक्ष (महिला तर्फ) उम्मेदवार

एनआरएनए एनसीसी अमेरिका

मे २०, २०२१

दिक्षा बस्नेत संबन्धि थप समाचार:

एनआरएनए अमेरिका:महिला संयोजक दिक्षा बस्नेत उपाध्यक्ष (महिला) पदमा उम्मेदवार