Hollywoodkhabar advertisement

NRNA:कोषाध्यक्षका उम्मेद्वार महेश श्रेष्ठको आर्थिक नीति-बिधिको उत्कृष्ट पाटो

-महेश श्रेष्ठ कोषाध्यक्षका उम्मेद्वार
0
shares

कृष्ण के सी/अमेरिका/९/२७/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२०२१ कार्यकालका लागि आइसीसी सदस्य महेश श्रेष्ठ कोषाध्यक्षका उम्मेद्वार हुने भएका छन्। कोषाध्यक्षको लागि उम्मेद्वार हुने महेश श्रेष्ठसँग हलिउडखबरले गरेको कुराकानीमा उनले थुप्रै आर्थिक नीति र बिधिका पाटो बताएर आफ्नो पालामा संघको आर्थिक पाटो उत्कृष्ट हुने कुराको प्रत्याभूति दिए।

नेपालको बाग्लुङ्ग जिल्लामा जन्मेर पर्वत कुस्मामा हुर्केका श्रेष्ठले पोखरा इञ्जिनियरिङ्ग कलेजबाट इञ्जिनियरिङ्ग गरेका हुन्। उनलाई कलेजको राजनीतिले पनि छोडेन। पोखराको इञ्जिनियरिङ्ग कलेजमा नेपाल बिधार्थी संघको अध्यक्ष थिए श्रेष्ठ। आफ्नो पढाइ सकेर काठ्माण्डौ नगरपालिकामा तिन वर्ष जति काम पनि गरेका थिए उनले।

१९९४ मा उनि जापानतर्फ लागे। जापानमा उनको रिमिटेन्स, रेष्टुरेण्ट, ट्राभल, एक्सपोर्ट-इम्पोर्ट लगायतको ब्यबसाय छन। नेपालमा पनि उनको बैंक, हाइड्रो, सामुहिक लगानी, एक्सपोर्ट-इम्पोर्ट, केहि उद्योगहरुमा लगानी छन।

श्रेष्ठले २००५ मा एनसीसी जापानको सदस्यता लिएका हुन्। त्यसपछि बिभिन्न कमिटि र सल्लाहकार लगायतका काममा थिए उनि। रमाइलो कुरा के छ भने उनि २००८ मा एनसीसी जापानको निर्वाचनमा वर्तमान आइसीसी अध्यक्ष भबन भट्टसंग अध्यक्षमा चुनाब लडेका थिए। थोरै मतले भट्टसँग पराजित भएका हुन् श्रेष्ठ। एनआरएनए आइसीसीका बिधान कमिटी, सल्लाहकार लगायत अरु थुप्रै कमिटीहरुमा सहभागि र प्रोजेक्टहरुमा पनि उनको योगदान छ।

उनै महेश श्रेष्ठ यो पटक आइसीसीको कोषाध्यक्षमा उम्मेदवार हुने भएका छन्। श्रेष्ठले भने-ऐले संघको बजेट घाटामा छ भन्ने सुनेको छु। प्रोजेक्टहरु अपूर्ण छन्। प्रोजेक्टहरुको आन्दानी र खर्चको कुनै नीति नै बनेको छैन। अब आफूले जितेपछि, आफ्नो पालामा पहिलो ३० दिनमा नै आर्थिक नीति बनाउने, प्रोजेक्टहरु पनि आर्थिक नीति अनुरुप हुनेछन। आन्दानी नभईकन आकस्मिक सेवाका बाहेक कुनै पनि नयाँ प्रोजेक्ट सुरु हुने छैनन्। चालु प्रोजेक्टको लागत र टाइलाइन अनुरुप सम्पन्न गर्न अन्य श्रोतको ब्यबस्था गर्नेछु, अनि समय भित्र सम्पन्न गर्न आर्थिक श्रोत जुटाउनेछु।

प्रोजेक्ट बेसका कमिटिहरु पनि आर्थिक श्रोतका आधारमा मात्र बन्नेछन्। स्पष्ट आर्थिक श्रोत, आन्दानी र खर्चको विवरण बिना कुनै पनि प्रोजेक्ट स्वीकृत गरिने छैन। अध्यक्षका उम्मेद्वारले गरेको घोषणाका आधारमा बनेका प्रोजेक्टहरु पनि त्यसै अनुरुप आर्थिक प्लानिङ्गका आधारमा बनाइनेछ्न। यो कार्यकालका आर्थिक बेसका प्रोजेक्टहरु त्यसै अबधिमा सम्पन्न हुनेछन।

हरेक एनसीसीहरुको लागि होम कन्ट्री र नेपालको प्रोजेक्टको आर्थिक नीति बनाउने छु। प्रशासनिक र प्रोजेक्ट खर्चको नीति हुनेछ। हरेक कार्यक्रमको खर्च र आन्दानीको नीति हुनेछ। क्यास बेसका कार्यक्रम बन्द हुनेछन। ग्राण्ट र अन्य आर्थिक श्रोतहरु सुरु गरिनेछ। केन्द्र देखि स्थानिय सम्म आर्थिक मापदण्डमा बाधिएको हुनेछ। थुप्रै श्रोतहरुबाट आर्थिक पाटो दरिलो बनाइनेछ। सबै एनसीसीहरुको हिसाब-प्रत्येक महिनाको क्लोजिंग लिनेछु। त्यसमा आर्थिक नीति अनुरुप आन्दानी-खर्च भए-नभएको हेर्छु। बक्यौतो र अन्य कुरा हरेक महिना क्लियर हुनेछ। संस्था उधारो र घाटामा होइन, दरिलो समृद्ध रुपमा चलेको हुनेछ, श्रेठले भने।

ऐलेको जुन सल्लाहकार नियुक्त गर्ने कुरामा पनि कम्तिमा पनि एकजना फिनान्सियल एक्स्पर्टको लागि नियुक्त गर्न पहल गर्नेछु। म त भन्छु सल्लाहाकरहरु पनि हरेक फिल्डका लागि एक-एक एक्स्पर्ट हुनुपर्छ। जस्तो कि युवाको लागि, महिलाको लागि, लगानीको लागि, गैरआवासीय नागरिकताको लागि इत्यादि। ऐले सम्म जे जति यो संघमा आर्थिक रुपमा भए तिनलाई धन्यवाद भन्दै आउने दिनमा एउटा दरिलो, भरिलो, शसक्त, पारदर्शी रुपाको अर्थ चलाउने कोषाध्यक्ष हुन चाहन्छु म। अनि मसंग त्यसको प्लान पनि छ।

ऐले विश्वभरिमा ८० एनसीसी छन्। उनीहरुको आर्थिक पाटो के-कति हो कसैलाई थाहा छैन। तर म हरेक महिना सबै एनसीसीहरुको आर्थक रिपोर्ट पब्लिक गर्नेछु। हामी एनआरएनहरुको आर्थिक स्ट्रेन्थ क्यास र अन्यमा कति छ त्यो पारदर्शी हुनेछ। अन्य कर्पोरेटको जस्तै एउटा ग्लोबल रुपमा निश्चित शिर्षकमा तोकेर स्टाण्डर्ड एकाउण्टको सफ्टवेर सिस्टम लागु गर्ने सोचमा छु। त्यो सकेन भने पनि स्टाण्डर्ड एकाउण्ट सिस्टम लागु गर्नेछु।

डोनर्स एप्रीसियाशन, डेजिग्नेटेड प्रोजेक्ट, ग्राण्ट्स राइटिङ, फण्ड रेजिङ, स्मल डोनेशन, भिजिट, पर्यटन, ट्राभलबाट फण्ड रेजिङ, मनिट्रान्सफर, भोलेण्टरबाट पनि श्रोत हुन्छ, यस्ता थुप्रै कुरा छन। कतिपय कुरा मेरो घोषणा पत्रमा भनेको छु त कति प्लानमा छ। म स्पष्ट दृष्टिकोण लिएर आएको व्यक्ति हुँ, मेरो कार्यकालमा संघको आर्थिक पाटो उत्कृष्ट हुनेछ।

ऐले सहकोषाध्यक्षलाइ काम नै दिएको छैन। मेरो पालामा कामको बिभाजन हुनेछ। सहकोषाध्यक्षको जिम्मेवारी झन् धेरै हुनेछ। हाम्रो एउटा कन्ट्रोलर र मनिटर, प्लानर र इम्प्लिमेण्टरको जस्तो मेकानिज्म हुनेछ, श्रेष्ठले भने।