Bhumi S Ghimire

मैले आफैंलाई बिर्सेछु !!!!!!

Hollywood Khabar November 29,2017 Comments

-भूमी एस घिमिरे, नोवेम्बर ३०, २०१७

महत्वकांक्षाको भारी बोकेर 
उकाली ओराली गर्दागर्दै 
रोमान्चित मन लिएर 
यता उता गर्दागर्दै
पद र पैसाको पछि लागेर 
क्षणिक आनन्दमा डुब्दादुवै
उमेरको जोड घटाउ गर्नै बिर्सेछु 
मेरो पनि उमेर जान्छ भन्ने भुसुक्कै बिर्सेछु !

घर्मको नाम जपेर 
मन्दिर धाउँदा धाउँदै 
जातको पहिरन ओडेर 
अरुलाई होच्याउँदा होच्याउँदै 
आफ्नै भाषाको नाम लिएर 
संकिर्ण राजनीति गर्दागर्दै 
संस्कृति पहिचान बोकेर 
देश विदेश गर्दागर्दै 
मैले त मेरो असल पहिचान बिर्सेछु 
मैले त मेरो असल जात 
मान्छे हुँ भन्ने नै बिर्सेछु 
आफूलाई चिनाउने होडमा
अरु पनि म जस्तै हुन् भन्ने पनि बिर्सेछु 
साच्चै मैले आफुलाई नै बिर्सेछु !!

रोजगारीको लागि निवेदन दिएर 
चारै तिर भौतारिदा भौतारिदै
ऋणको भारी बोकेर 
जागिरको लागि देश विदेश गर्दागर्दै 
छोरा छोरीको सुन्दर भविष्यको सपना देखेर 
स्थापित गराउनुपर्छ भंदाभन्दै 
बा आमाको रार्मो हेरचाह गर्ने आस बोकेर
अलिकति कमानुपर्छ भन्दाभन्दै 
मैले त मेरो अस्थित्व नै बिर्सेछु 
मेरो लागि पनि केही गर्नुपर्छ भन्ने नै बिर्सेछु 
अरुको लागि केही गर्ने चाहानामा 
मेरो पनि केही रहर छन् भन्ने बिर्सेछु 
म त पिञ्जडाको सुगा पो भैसकेछु 
साच्चै मैले आफुलाई नै बिर्सेछु !!!