तस्बिर साभार वेब

सर्लाहीको मलंगवा-३मा मुस्लिम र हिन्दु समुदायबीच झडप:आइतबार बिहान ८ बजे सम्म कर्फ्यू आदेश जारी

Hollywood Khabar September 18,2020 Comments

३ असोज मलंगवा। विश्वकर्मा भगवानको मूर्ती सेलाउने विषयमा सर्लाही सदरमुकाम मलंगवा-३ विश्वकर्मा चौकमा मुस्लिम र हिन्दु समुदायबीच झडप हुँदा तनाव उत्पन्न भएको छ।शुक्रबार रातिदेखि उत्पन्न भएको तनाव साम्य नभएपछि प्रशासनले शनिबार साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।  दुई समुदायका मानिस भेला भएर वादविवाद गर्न थालेपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए। 

विश्वकर्मा चौकमा पूजा गरिएको मूर्ती स्थानीय युवाहरु घुमाउन जाँदा दुई समुदायबीच झडप भएको थियो। झडप भएपछि दुबै पक्षबीच ढुङ्गामुढा भएको थियो। ढुङ्गामुढाले लागेर दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन्। दुई समुदायबीच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई साम्य पारेको थियो। शनिबार बिहानदेखि अवस्था फेरि तनाव पूर्ण बनेपछि प्रशासनले कर्फ्यू लगाएको छ। मूर्ति अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।