मन मान्दैन को प्रोमो-सान फ्रान्सिस्कोबाट सुटिंङ् हुँदै

Hollywood Khabar April 02,2017 Comments

कृष्ण के सी

ग्ल्यामर दुनियाँमा ब्यबसायिक रुपमा अमेरिकाबाट एकाडेमिक अध्यन सकेका सन्तोष नेउपाने सोही क्षत्रमा भविष्य खोज्दै गरेको प्रयास नै “मन मान्दैन” म्यूजिक भिडियो हो।
शोभा पाण्डेको स्वर, डा कृष्ण हरि बरालको शब्द र सुरेश गैरेको संगीत रहेको मन मान्दैन गीतलाइ बिन्दबासिनी म्यूजिकले बजारमा ल्याउने भएको छ भने चहल पहलको प्रडक्शन रहने छ।
उनै सन्तोष नेउपानेले निर्देशन गर्ने यो भिडियोको ७५ % सुटिङ् लेक टाहोमा हुने छ। धेरै मिहिनेत गरेकोले यो भिडियोले बजार लिने कुरामा भने नेउपाने बिश्वस्त छन्।
गीतको बिशेष आकर्षण भनेको हलीवुडमा आफ्नो फिल्मी अध्यन सकेका नेउपानेको परिक्षण प्रयास नै हो। क्यालिफोर्नियाको लेक टाहो र अरु सुन्दर प्रकृतिक दृश्यका साथ सुमधुर गीतले संगीत बजार ताउने कुरा पक्का छ, नेउपानेले हलिवुड खबरलाइ बताए। बहु आयामिक क्षमताका नेउपाने पत्रकार पनि हुन्।