-मन्दबद्ध कविता लिलामीमा राष्ट्रियता: राजतन्त्रले जितेको नालापानी लोकतन्त्रले हारेको कालापानी

मन्दबद्ध कविता लिलामीमा राष्ट्रियता:राजतन्त्रले जितेको नालापानी लोकतन्त्रले हारेको कालापानी

Hollywood Khabar May 16,2020 Comments

कृष्ण के सी, अमेरिका मे १७, २०२०

**यो छन्दबद्ध होइन मन्दबद्ध कविता हो, म विन्दासे मान्छे, विन्दास सोच र विम्ब र लगाम नराखिकन अक्षर अलपत्र जोडेर खलपात्र बनाउने म अलपत्रे मान्छे भएकोले यसलाई मन्दबद्ध भनेको हुँ**

प्रजा मारेर राजा हँदैन त्यो सत्य कुलमन्त्र
जसले बुझे कि थिए राम कि भए हरिश्च्द्र
बद् गरेर दोहोरिएका माइला गलहत्तिएर गए अन्त
बिजुल्टो तन्त्र गुजुल्टो मन्त्र सदियारको भयो खड्यन्त्र।१।

पहिचान गोरखालीको, भूमीको भाउ काउलीको
पिट्यो छाती फाल्यो राजतन्त्र, किन्यो सस्तो प्रजातन्त्र
बेस्सरी रोप्यो राजनीति, गोड्यो खड्यन्त्र फल्नगयो कुतन्त्र
मौलायो कमिशनको खेती, गिर्दो लोकतन्त्र बेचिएको राष्ट्रतन्त्र ।२।

पढेको कृषी प्रधानको दन्त्यकथा, बढेको छ सर्वत्र भोकतन्त्र
डन र गनबादको नश्ल सुधार, लुटकेशले राष्ट्रियता अलपत्र
पाँच करोडको गजुरियल कुरा, लिलामीमा राष्ट्रियता, न संघि यता न संघि उता
राजतन्त्रले जितेको नालापानी लोकतन्त्रले हारेको कालापानी ।३।
जदौ ! कृष्णार्पण !