-Suchana Timalsina, Lalitpur

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

Hollywood Khabar March 18,2021 Comments

सुचना तिमल्सिना, ललितपुर, मार्च १९, २०२१

सबले भन्न खोजेको कुरा एउटै थियो। सबको गन्तव्य एउटै थियो। मात्र बाटोहरु फरक ! त्यही नबुझेर विचारहरु विचारमग्न थिए। भावनाहरु अल्झनमा थिए। अल्झनहरुको सुल्झन एउटै थियो।प्रत्येक गीत, प्रत्येक स्वर, प्रत्येक ताल, छन्दको सारतत्व एउटै थियो। नबुझेर कम्पनहरु।रकपनमा विस्तारीकरण गर्दै थिए। आवृत्तिमा ध्यान लाउदै थिए। के हो भन्ने वार्तालापमा झुलेका थिए। किनकि उनीहरुले भुलेका थिए जता गए पानीको हिड्ने बाटोको नियम एउटै हुन्छ।

मन पराउनेहरु मन पराउनेमा अड्केका थिए। मन नपराउनेहरु मन नपराउनेमा अड्केका थिए। मन पराउने र मन नपराउनेको जालो बुन्दै थिए । बन्धन खडा गर्दै थिए । संसार निष्पक्ष नभएको भनी आरोप लाउदै थिए। अशान्ति मच्चाउदै थिए। मन पर्ने विचारले मन पर्दा पर्दा मन नपर्नेमा पुर्‍याएको थियो। मन नपर्ने विचारले मन पर्नेमा पुर्‍याएर छाडेको थियो। एउटै विषयलाई व्याख्या, विवेचना गरेर दुवैमा हिड्न सिकाइएको थियो। दुवैको भाग देखाइएको थियो। छुटेको थियो त केवल एउटै कुरा – न मन पराउने न मन नपराउने अवस्था!

म माया गर्दिन भनेको माया गर्छु भन्ने भावलाई अवसर हो । म माया गर्छु भनेको माया गर्दिन भन्ने भावलाई छुट हो । त्यसैले मन पराएर पनि एक विचार विश्वस्त हुन सक्दैन । विश्वस्त हुादा पनि शंका गर्छ। त्यसैले माया झगडामा परिवर्तन हुन्छ। र, त विचारहरु कुनै कुरामा पनि विश्वस्त नहोउ, जबसम्म समग्रता भेटिदैन। त्यसैले विचारहरु कुनै पनि कुरा पाउदा सब भेट्टाएा नठान, जबसम्म समग्रता भेटिदैन।

त्यसैले गफडीहरु सत्य बोल्छन्। सत्य बोल्नेहरु गफाडी भइदिन्छन्। त्यो सत्य गफको केन्द्रविन्दु झुठबाट सुरुवात भएको हुन्छ। त्यही झुठले सत्य देखाउाछ। त्यही सत्यले झुठ देखाउाछ। त्यसैले सबले भन्न खोजेको कुरा एउटै भएर फरक थियो। सबको गन्तव्य एउटै भएर फरक थियो। त्यही नबुझेर विचारहरु विचारमग्न थिए। भावनाहरु अल्झनमा थिए। अल्झनहरुको सुल्झन एउटै थियो। किनकि पानीको हिड्ने बाटोको नियम एउटै हुन्छ।

सूचनाका अरु लेखहरु

फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल-१

के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

उपद्रो मन

कहिलेकाहीं म लेख्दा लेख्दै अड्कन्छु, अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ