तस्बिर साभार वेब

मंसिर १४ को उपनिर्वाचनका लागी मुख्य निर्वाचन अधिकृत खटाईयो

Hollywood Khabar October 20,2019 Comments

४ कार्तिक,काठमाडौं।उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ।प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा विभिन्न ५२ पदमा आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ। यसका लागि निर्वाचन आयोगले तयारीलाई तीव्र पारेको छ। कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको  आयोगले बताएको छ ।

आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो। उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।