मन्त्रिपरिषद्को कुनै स्वीकृत बिना नै विदेश यात्रामा खानेपानी सचिव

Hollywood Khabar August 29,2018 Comments

१४ भाद्र काठमाडौं।खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर बिदा स्वीकृत नगरिकनै बेलायत गएका छन्।ठाकुरको विदेश यात्रा मन्त्रिपरिषद्को कुनै स्वीकृत बिना नै उनी त सरकारी निम्तोमा नभई एउटा निजी कम्पनीको निम्तोमा गएका हुन्।नेपाल सरकारका सचिव विदेशी निजी कम्पनीको निम्तोमा जानै हुँदैन, त्यसमाथि सरकारको अनुमतिबिना। 

यसअघि महेन्द्र संस्कृत विश्व विद्यालयका उप कुलपति प्राध्यापक डा.कुल प्रसाद कोइरालालाई सरकारले क्यानडा जानबाट अपहरण शैलीमा रोक्यो।कोइरालाले विदेश यात्राको निवेदन दिँदा सरकारले स्वीकृत गरेन।स्वीकृत हुँदै होला भनेर निवेदन छाडी क्यानडा उड्नै लाग्दै विमान स्थलबाट डा.कोइरालालाई प्रहरीले पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पुर्यालयो।कोइराला निजी कम्पनीको निम्तोमा जान लागेका थिएनन्।उनको यो सरकारी भ्रमण थियो।

विदेश जान भनेपछि हुरुक्क हुने ठाकुरले मन्त्रिपरिषद्ले तय गरेको नेपाल सरकार (कार्य सम्पादन)नियमावली, २०६४ को अनुसूची १ को विषय संख्या २५ लाई चुनौती दिँदै अनुमति नलिई बेलायत गएका छन्।

उपत्यकाबाहिर वा विदेश जाँदा सचिवले विशेष अनुमति लिनुपर्छ।सचिवको विदेश भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने प्रावधान छ।सचिव ठाकुर भदौ १२ गते बेलायत उडे,उनले भदौ ५ गते नै आफ्नो विदेश भ्रमण स्वीकृतिका लागि मन्त्रि परिषदमा प्रस्ताव लगे।तर,मन्त्रिपरिषद्ले अहिलेसम्म उनको विदेश यात्रालाई स्वीकृत गरेको छैन।