मान्यजनको हातबाट टीका र जमरा लगाएर विजयादशमी मनाइँदै, टीकाको साइत बिहान १०:३५ मा

0
shares

by Soni Sharma | Updated: 07 Oct 2019

101 views
साङ्केतिक तस्बिर:साभार वेब

२१ असोज,काठमाडौँ।बडादशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ।असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंको सबैभन्दा महत्वपूर्ण दिन हो।घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनु अघि अभिषेक गर्ने गरिन्छ ।

आज देवी विसर्जनको उत्तम साइत बिहान ८:४५ बजे रहेको छ।टीका प्रसाद लिन साइत खोज्नेका लागि भने बिहान १०:३५ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।तर विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत भने खोज्नु नपर्ने समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले जानकारी दिनु भयो।मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ।टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ।