Hollywoodkhabar advertisement

मातृभूमी नेपालमा कोभिड-१९ को कारण समस्यामा परेकोलाई सहयोग

-मातृभूमी नेपालमा कोभिड-१९ को कारण समस्यामा परेकोलाई सहयोग
0
shares

सुरेश चाम्लिङ्ग, न्युहेमशार/११/६/२०

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले आफ्नो मातृभूमि नेपालमा कोभिड-१९ को कारण समस्यामा परेकोलाई आर्थिक सहयोग गरेको छ।

अर्गनाइजेसनका लोकल च्याप्टर हरु न्युहेम्पशायर,कनेक्टिकेट,म्यासाच्युसेट्स बोस्टन, न्यु योर्क वाशिंगटन डी सी, पेन्सलभेनिया, क्यालीफोर्निया, मेरील्याण्ड, भर्जिनिया, टेक्सास, कोलोराडो, नेब्रास्का लगाएतका राज्यमा बसोबास गर्ने नेपालीहरुबाट सहयोग रकम संकलन गरिएको हो।

हालै संसारभरी महामारीको रुपमा फैलिएको कोरोनाको कारण आफ्नो मातृभूमि नेपालमा दैनीक ज्यालादारी गरी जीवन यापन गरी रहेका बाबु आमाको नाबालक छोराहरु तथा शारीरिक अपांगता भएको नेपालीहरुले भोग्नु परी रहेको दुख कस्टमा साथ दिने उदेश्यले यो सानो सहयोग गरिएको हो।

सहयोग रकम डलर २०२०.०० आदिवासी जनजाती महासंघ अमेरीका फिपनाको सहयोग अभियानलाई २ महिना पहिले पठाईएको थियो। अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष मुना राइले २०२० सालमा सम्झना रहने गरी डलर २०२०.०० सहयोग गरिएको बताउनु भएको छ। उक्त सहयोग सहित अन्य सहयोग संकलन गरेर फिपनाले नेपालको बिभिन्न शहर तथा वस्तीहरुमा रोजगारीबाट बन्चीत भएर भोकै हिड्न बाध्य हुनु भएका दाजुभाइ हरुलाई खानपीनको व्यवस्था गरेको थियो।

अहिलेको २ हजार डलर बराबर नेपाली रहयोग रकम अर्गनाइजेसनका प्रतिनिधित्व गर्दै संगीतकार तथा गायक कनकाइस्ट राईले भब्य कार्यक्रम गरी हस्तान्तरण गर्नुभएको थियो।