तस्बिर साभार वेब

मौरीलाई बचाउ भन्ने नाराका साथ माहुरी दिवस मनाईंदै

Hollywood Khabar May 19,2020 Comments

राजेन्द्र देवकोटा,७ जेठ तनहुँ।आज मे २०,विश्व माहुरी दिबस मौरीलाई बचाउ( Save the Bees)भन्ने नाराका साथ भव्यतापुर्बक माहुरी दिवस मनाईंदै छ| सन् २०१७ आज कै दिन सयुक्त राष्ट्र संघ को महासभाले पारित गरि सकेपछि माहुरी दिवस मनाउने गरिएको हो | 

संसारमा परागसेचन मा महत्वपुर्ण भूमिका खेल्दै आएको माहुरी अहिले मानब जगतको कारण लोप हुने अवस्था आएको छ | कुल परागसेचनको ८०% हिस्सा ओगट्ने परागसेचकको सँख्या भने विश्वभर नै घट्दै गइरहेका छन् ।

फलफुल तथा तरकारीमा र कृषीजन्य बोट बिरुवामा बिषादीको बढ्दो प्रयोग , परजिबिको सक्रमण , हाते परागसेचन , ड्रोन को प्रयोग , कोलोनी कोल्याप्स डिसअडर (सी डी सी ) आदिको कारण माहुरीको संख्या घट्दै गइ राखेको छ | महान बैज्ञानिक भन्छन " माहुरी बिना मानब आयु ४ बर्ष मात्र " तर यसको संरक्षण एवम् संवर्द्धन गर्न हामीले सकेनौ भने विश्व भोकमारीमा जाने निश्चित नै छ |