सांसद माथिका क्याबिनेट मन्त्रि नै किन मेयरको उम्मेद्धार हुनुपर्ने?

Hollywood Khabar April 03,2017 Comments

कृष्ण के सी

हामीले देखेकै छौं कि दुइ मिनेट एउटा लाइनमा उभ्भिनको लागि बरियताको रडाको रच्ने नेपाली राजनेताहरु, बरियाताकै कुरा नमिल्दा कार्यबाहक प्रम नदिएको अवस्था एकातिर छ। तर सांसद उसमाथि पनि क्याबिनेटमन्त्रि हुँदाहुँदै पनि एउटा शहरको मेयरको उम्मेद्धार हुन किन राजी छन् नेता र तेसो किन गराउंदै छन् राजनैतिक पार्टी भन्ने मेरो प्रश्न हो। 

नेपाली राजनीतिमा बरियताको लागि हरेक पार्टीमा, क्याबिनेटमा अनि जतातेतै रडाको छ। यहाँ सम्मकि सार्वजनिक कार्यक्रम हुँदा अमेरिकामा पनि तेस्तो कुराको इसयू हुने गरेको छ। तर बिगतका क्याबिनेटमन्त्रि, बहालवाला मन्त्रि, सांसद समेत भएका व्यक्ति एउटा शहरको उम्मेद्धार हुने कुराले भने नेपाली राजनिति बुझिनसक्नु भएको छ।

इच्छा आफ्नो ठाउँमा छ। भलै सेवा नै गर्नेका लागि तेसो गरेको हो भनौ भने त कुरा आदर्शाकै होला। तर नेपाली नेताहरु बरु देश भारलाई बेचौं तर मन्त्रि भने मै हुनुपर्छ भन्छन। होइन भने यस्तो नयाँखाले नाटक किन उठेको छ।धेरैले मुख नखोले ता पनि अनुमान भने सबैले लगाएकै छन। हाइपोथेटिकल कुरा गर्ने हो भने यसका तीन कारण हुन् सक्छन:

१. प्रतिपक्षको उम्मेद्धार आफु भन्दा दरो भएको अवस्थाले, श्रोत, शक्ति र व्यक्तिको नामले जित्ने प्रयास गर्न 

२. चुनाव धेरै महँगो हुँदैछ, धान्न गारो भएकोले। चुनाव पछि तेस्तो खर्च पुर्ताल गर्न मुख्य-मुख्य शहरको आर्थिक श्रोतप्रति पार्टीहरुको आँखा लाग्नु।

३. अरु पार्टीले उम्मेद्धारहरु छनोट गर्न कठिन होस भनेर भ्रम फैलाउन तुरुप फाल्नु।

यदी सोचिए जस्तो कुनै पनि कारण होइन भने त्यो कुरा संसारका सबै देशको राजनीतिको अनुमान गर्न सकिन्छ तर नेपालको भने सकिन्न भन्ने कुरा सही मान्नुपर्ला।  किन की नेपालको राजनीति पैसा, ऐसा र तैसामा चल्नेगर्छ भन्ने कुटनैतिक भनाइ सहि रहेछ भन्नुपर्ल्ला। उसै पनि नेपाली राजनीतिले राजनैतिक पार्टीहरुमा यस्तो खाले अखडा बनाएको अवस्था छ जहाँ, पढे-लेखेकाहरुले स्थान पाउने अवस्था छैन, उम्मेद्धारको टिकेट पाउन गुलामी गर्नुपर्छ। कमै मात्र विद्वानबर्गले गुलामी गरेर बस्छन।

तेस्को नतिजा एसएलसी फेल भएकाहरु मेयरका उम्मेद्धारको लागि टिकेट पाउने अनि मास्टर्स गर्नेहरु म्यादी प्रहरीको लाइनमा उभ्भिन्ने भन्ने सामाजिक संजालको उक्ति उसै आएको होइन। अर्को एउटा भनाइ पनि तेस्तै छ। राम्रालाई पार्टीहरुले टिकेट दिन्नन, टिकेट बिना सक्षमहरु पनि स्वतन्त्रबाट चुनाब जित्न सक्दैनन्। अनि कसरी हुन्छ स्थानिय निकायको बिकास र सही व्यक्तिहरुको प्रतिनिधित्व ? त्यो अवस्था आउन अझै बर्षौ लाग्ने छ। कम्तिमा पनि अर्को जेनेरेशन नआए सम्म त कुर्नै पर्नेछ।