नुवाकोटको जग्गा अधिग्रहणको स्वामित्वबारे एमसीएको स्पष्टीकरण

नुवाकोटको जग्गा अधिग्रहणको स्वामित्वबारे एमसीएको स्पष्टीकरण

Hollywood Khabar August 15,2021 Comments

एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ।
सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको अनुदान सहयोगमा एमसीए(नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका(७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सबस्टेसनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ।

उक्त सबस्टेसनका लागि आवश्यक ३९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन, २०३४ अनुसार गरिएको एमसीए नेपालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सबस्टेसन पनि रहने गरी जग्गा अधिग्रहण गरिएको विज्ञप्तिमा उल्लेख छ। 


ुयस क्रममा त्यहाँका १०२ घरपरिवारका १९५ कित्ता जग्गा अधिग्रहण गरिएको हो। ती जग्गा एवम् ती जग्गामा रहेका संरचनाको अधिग्रहणबापत मुआब्जा रकम विद्यमान कानुन र अन्तर्राष्ट्रिय वातावरणीय निर्देशिका एवम् मापदण्डअनुसार भुक्तानी गरिएको थियो, विज्ञप्तिमा उल्लेख छ।

सबस्टेसन निर्माणसम्बन्धी सम्पूर्ण कार्य सरकारले गठन गरेको एमसीए (नेपाल विकास समितिले गरेको छ। विकास समिति ऐन, २०१३ ले दिएको अधिकारअनुसार आयोजनाका लागि आवश्यक सम्पूर्ण चलअचल सम्पत्ति एमसीए (नेपाल विकास समितिले खरिद गर्ने र ती सम्पत्ति एमसीए(नेपालको नाममा मात्र दर्ता भएको छ। अनुदानअन्तर्गत खरिद गरिने कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौताअनुरूप राख्न नमिल्ने जानकारी गराइएको छ।


अधिग्रहण गरिएका जग्गा हाल अर्थ मन्त्रालयअन्तर्गतको एमसीए (नेपाल विकास समितिको नाममा रही निर्माण सम्पन्न भएपछि उक्त विकास समिति विघटन गरिएपश्चात् उक्त सबस्टेसन, त्यहाँ निर्माण गरिएका अन्य संरचना र जग्गाको पूर्ण स्वामित्व सरकारको निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरण वा नेपाल सरकारले तोकेको सरकारी निकायलाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।