Mega Million 1.6 Billion

सबैभन्दा ठूलो मेगा मिलियन १.६ बिलियन डलरको लोटरी आज

Hollywood Khabar October 22,2018 Comments

कृष्ण के सी/अमेरिका
डिस्ट्रिक्ट अफ कोलम्बिया, यूएस भर्जिन आइल्याण्ड समेत ४६ राज्यबाट खेलाइने मेगा मिलियन लोटरी इतिहासमै सबैभन्दा ठूलो १.६ बिलियन डलरको भएको छ। हरेक मंगलबार र शुक्रबार खोलिने मेगा मिलियन लोटरी आज अक्टुवर २३, २०१८ का दिन यति धेरै ठूलो भएको हो।

मेगा मिलियन खोलिने समय पूर्वीय समय अनुसार ११ बजे राती, सेन्ट्रल समय १० बजे राती, माउण्टेन समय ९ बजे राती, प्यासिफिक समय अनुसार ८ बजे राति हुने गर्दछ। गत शुक्रबार १ बिलियन हुँदा नै ठूलो चर्चाको श्रोत बनेको मेगा मिलियन आज १.६ बिलियन डलर हुँदा सबैजसो अमेरिकी संचार माध्येमहरुले चर्चित समाचार बनाएका छन्।

मेगा मिलियन लोटरीको ड्र जर्जिया राज्यको एटलाण्टा स्थित WSB-TV बाट प्रत्यक्ष प्रशारण हुन्छ। आफूले लोटरी जितेको छ छैन हेर्नको लागि पर्चेज गर्ने स्थान या अनलाइन पनि हेर्न सकिन्छ।