Mega Millions 1.6 Billion Jackpot

मेगा मिलियन कसैले पनि जितेन १.६ बिलियन डलर, मंगलबार २ बिलियन भन्दा धेरै हुने

Hollywood Khabar October 19,2018 Comments

कृष्ण के सी/अमेरिका
लाखौ अमेरिकनहरुले १९ अक्टुवर, २०१८ शुक्रबार स्क्यानर/सेलफोन/रेडियो इन्टरनेटमा आफ्नो मेगा मिलियन टिकेट पटक पटक चेक गरे। १ बिलियन डलर बनेको सो मेगा मिलियन चिट्ठा कसैले पनि जितेन, सबैको निरासको चुक चुकी बन्यो।
 
डिस्ट्रिक्ट अफ कोलम्बिया, यूएस भर्जिन आइल्याण्ड समेत ४६ राज्यबाट खेलाइएको मेगा मिलियन लोटरी इतिहासमै सबैभन्दा दोश्रो ठूलो १ बिलियन डलरको भएको थियो। प्यासिफिक समय अनुसार बिहानको ११:५० सम्म १.६ बिलियन डलरको भएको छ। अब आगामी मंगलबार यो २ बिलियन भन्दा धेरै हुने अनुमान गरिएको छ।
 
यो जित एउटा व्यक्तिको मात्र हुँदैन फेडरल सरकारले परेको चिट्ठाको २५% रकम चटक्कै लिन्छ। अनि बाँकी ४६ स्टेटको ट्याक्स कटाएर पाउने भनेको लगभग सानो रकम मात्र तपाइको हातमा पर्छ। १ बिलियन जितेको भए सबै कटाएर ३४१ मिलियन मात्र क्यास पाउने थियो।