Newa Organization of America, Northern California Mha Puja and Nhu Dayan 2018

सान फ्रान्सिस्कोमा म्ह: पूजा तथा ११३९ न्हुँ दयाँ कार्यक्रम हुँदै:तिर्थमान डंगोल प्रमुख अतिथि

Hollywood Khabar November 02,2018 Comments

कृष्ण के सी/अमेरिका

नेवा: अर्गनाइजेशन अफ अमेरिका, नर्दन क्यालिफोर्नियाको आयोजनामा, सान फ्रान्सिस्कोमा म्ह: पूजा तथा नेपाल संबत ११३९ को न्हुँ दयाँ कार्यक्रम हुने भएको छ।

नोवेम्वर ८, २०१८ बिहिबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता तिर्थमान डंगोल प्रमुख अतिथि रहेका छन्। कार्यक्रम दिनको १ बजे देखि राती १० बजे सम्म Veterans Memorial Hall, 6401 Stockton Ave, El Cerrito, CA 94530 मा हुनेछ। कार्यक्रम सपोर्ट स्वरुप १० बर्ष भन्दा माथिकालाई ३० डलर र १० या त्यो भन्दा कम उमेरकाहरुको लागि १० डलर राखिएको छ।

अर्गनाइजेशनका पूर्व अध्यक्ष नारायण सोमनामेले हलिउड खबरसंग कुरा गर्दै उक्त कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाइ हार्दिक निमन्त्रणा गरेको कुरा बताएका छन्।