- सञ्चारमन्त्री गोकुल बास्कोटा

मिडिया काउन्सिललाई धेरै अधिकार दिनु हुदैन - सञ्चारमन्त्री गोकुल बास्कोटा

Hollywood Khabar January 18,2020 Comments

५ माघ, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिललाई बढ्ता अधिकार दिन नहुने बताएका छन्।आइतबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा  मिडिया काउन्सिलसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै मन्त्री बास्कोटाले समाचारमा चित्त नबुझ्ने पीडितले अदालत जान पाउनुपर्ने बह्न्दै विधेयकमा केही परिमार्जन गर्न सकिने प्रस्ताव गरे ।मन्त्री बास्कोटाले मिडिया काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई २५ हजार देखि १० लाखसम्म जरिवाना गर्न सक्ने प्रस्तावित विधेयकमा उल्लेख गरिएको  प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाता’ भन्ने शब्द हटाएर ‘सम्बन्धित सञ्चारगृह’ राख्ने प्रस्ताव  समेत गरेका छन् ।

मन्त्री बास्कोटाले जरिवानाको रकम घटाउने र पीडित जुनसुकै बेला अदालत जान सक्ने गरी बाटो खुला गर्नुपर्ने  भन्दै पत्रकार आचारसंहिता विपरीतको कार्य गरेको आरोप लागेको प्रमाणित भएमा कारबाही गर्ने बताएका हुन्।मन्त्री बास्कोटाले पत्रकारिता चोखो नै हुन्छ भन्न नसकिने भन्दै कहिलेकाहीँ दुरुपयोग हुन सक्ने बताएका छन्  ।