https://www.youtube.com/embed/KDXO570smXI

आयो मिना ढकालको यो तीजै रमाइलो नसुनी मनै मान्दैन

Hollywood Khabar July 05,2018 Comments

यसपटकको तीजमा छमछमी नचाउन गायिका मिना ढकालले “यो तीजै रमाइलो” लिएर आएकि छन्। गायिका मिना ढकालको पहिलो तिज गित युट्युब मार्फत सार्वजनिक भएको छ। हरितालिका तिज नजिकिदै गर्दा यथार्थपरक‘यो तीजै रमाइलो’ बोलको तिज गित नेपाली नारीहरुको पर्व हरितालिका तिजको नयाँ कोशेली ल्याएकी हुन्।
यो तीजै रमाइलो’मा स्वर, तथा शब्द गायिका ढकालकै रहेको छ। यो तीजै रमाइलोको म्यूजिक भिडियोमा समेत मुख्य अभिनय गरेकी गायिका ढकालको यस गित जुनसुकै उमेर समुदाय बीच लोकप्रिय र समय सान्दर्भिक भएको हुँदा यसपटकको तीजमा बजारमा पक्कड जमाउने पक्का भएको छ।
यो तीजै रमाइलो तिज गितलाई म्युजिक नेपालले बजारमा ल्याएको हो। संघर्षशील गायिका मिना ढकालको तिज गित यो तीजै रमाइलोले यस पटकको तिजमा सबैलाई रमाइलो बनाउने अपेक्षा गरिएको छ।