तस्बिर साभार वेब

मन्त्रीपरिषद बैठक:संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय

Hollywood Khabar May 21,2020 Comments

९ जेठ काठमाडौं।सरकारले संविधानको अनुसूचीमा भएको निशान छापमा रहने नेपालको नक्सालाई पनि नयाँ नक्साअनुसार बनाउनका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद्को बैठकले जेठ १३ मा संसद बस्नु अगावै संशोधन दर्ता गर्ने निर्णय गरेको हो । संविधानको अनुसूची ३ मा निशान छापसम्बन्धि व्यवस्था छ।संशोधन प्रस्ताव पारित भएपछि नेपालको निशान छापमा पनि सरकारले बुधबार जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा हुनेछ।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नु पर्ने छ।यो संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभाको दुई तिहाइ बहुमत पारित हुनुपर्छ।