-विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ:आचार्य

विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ:आचार्य

Hollywood Khabar October 08,2021 Comments

काठमाडौं, जीएनएन, ९ अक्टुवर, २०२१

नेपाल सरकारले विधान विपरितका काम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएको छ । मन्त्रालयमा उजुरी परेको झण्डै एक महिनापछि मन्त्रालयले बुँदागत रुपमा संघलाई निर्देशन दिएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले पठाएको पत्रमा संघका केही राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुको निर्वाचन तथा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा विधान विपरित काम भएको उल्लेख छ । विधान विपरित नियमावली बनाइएको र सो नियमावली अनुसार गरिएका काम स्वतः अवैधानिक हुने पत्रमा स्पष्ट पारिएको छ ।

विभिन्न एनसीसीहरुमा विधान विपरित सदस्यता वितरण गरिएको, निर्वाचनमा धाँधली गरिएको र विधान विपरित नियमावली बनाई महाधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै ९ सेप्टेम्बरमा परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । संघकी पूर्वसचिव जानकी गुरुङ, मानार्थ आइसीसी सदस्य नवराज ओली र एनसीसी अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेलले मन्त्रालयमा उजुरी दिएका थिए ।

सो उजुरीपछि मन्त्रालयले सहसचिव भरत रेग्मीको संयोजकत्वमा कानुन र सन्चार मन्त्रालयका प्रतिनिधि सम्मिलित तीन सदस्यीय अनुगमन समिति गठन गरेको थियो ।

अनुगमनसमितिले झण्डै एक महिना लगाएर गरेको अनुसन्धानपछि नवनियुक्त परराष्ट्र मन्त्री डा नारायण खड्कालाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रीस्तरीय निर्णय गरी संघलाई पत्र पठाइएको हो ।

प्रतिनिधि छनोटमा विवाद

संघमा विशेषगरी ६५ प्रतिशत प्रतिनिधि छनोटमा विवाद देखिएको छ । सचिवालयले अघिल्लो कार्य समितिलाई प्रतिनिधि चयन गर्ने अधिकार दिएको थियो । एनसीसीको निर्वाचन पूर्व नै प्रतिनिधि चयन गर्ने संघको नियमावली नै त्रुटीपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ ।

मन्त्रालयले विधान र विगतको परम्परा अनुसार नै प्रतिनिधि चयन गर्न संघलाई निर्देशन दिएको छ । विधानमा उल्लेखित प्रतिनिधि चयन गर्ने प्रावधान अमूर्त रहेको भन्दै मन्त्रालयले विगतका प्रावधान अनुसार नवनिर्वाचित एनसीसी कार्य समितिबाट प्रतिनिधि चयन गर्न भनेको छ ।

त्यस्तै, मन्त्रालयले एनसीसीहरुको निर्वाचनका लागि तोकिएको म्याद भित्र भएका निर्वाचनलाई मात्र मान्यता दिन सकिने बताएको छ । जुलाई १ देखि ३१ भित्रमा एनसीसीहरुको निर्वाचनका लागि विधानमै समय तोकिएकोमा त्यसपछि पनि सदस्यता वितरण गरिएको र निर्वाचन गरिएकोमा मन्त्रालयको आपत्ति छ । उपाध्यक्ष बद्रि केसी बसोबास गर्ने रुसमा एनसीसी रुसले अगस्ट महिनाभरि सदस्यता वितरण गरेको थियो । १५ अगष्ट भित्र सबै महाधिवेशन प्रतिनिधिहरु सिफारिस भइसक्नुपर्नेमा त्यसभन्दा पछि सिफारिस गरिएका प्रतिनिधिहरुको नाम मान्य नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई संघको सदस्यता दिन नमिल्ने संघको विधानमै उल्लेख रहेको बताउँदै विद्यार्थीहरुलाई सहभागी गराइएको एनसीसीहरुको सदस्यता पुनरावलोकन गर्न निर्देशन दिएको छ । जापान र जर्मनीमा विद्यार्थीलाई पनि सदस्यता दिई एनसीसी निर्वाचनमा सहभागी गराइएको थियो । सदस्यता पुनरावलोकन गर्नु परेपछि ती देशमा पुनः निर्वाचन गर्नुपर्ने देखिएको छ ।

मन्त्रालयले संघले गत जनवरीमा संशोधन गरेको विधानका केही प्रावधान प्रचलित ऐन विपरीत रहेको भन्दै तत्काल सुधार गर्न सुझाब दिएको छ। विधानमा रहेका अमूर्त विषयलाई मूर्त बनाउन र नेपालका प्रचलित ऐन अनुसार नबाझिने बनाउन पनि पत्रमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले एनसीसीहरुको अधिवेशन सुरु हुनु अगावै संघको सचिवालयले नियमावली बनाएर एनसीसीहरुलाई पठाउनुपर्नेमा अधिवेशनको बीचमा नियमावली बनाएकोमा पनि असन्तुष्टि जनाएको छ । १ देखि ३१ जुलाईसम्म एनसीसी निर्वाचन तोकिएकोमा आइसीसीको सचिवालयले १७ जुलाईमा मात्रै एनसीसीहरुलाई नियमावली पठाएको थियो । विधान विपरीत नियमावली बनाइएको परराष्ट्रको ठहर छ ।

तोकिएको मितिमै महाधिवेशन हुनुपर्छ: आचार्य

परराष्ट्र मन्त्रालयले २२ असोजमा पठाएको पत्रसँगै तोकिएको मितिमा संघको महाधिवेशन नहुने हो कि भन्ने आशंका बढेको छ ।

तर, संघका सल्लाहकार एवम् केन्द्रीय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले भने समयमा नै विवाद समाधान गरेर तोकिएको मितिमै महाधिवेशन हुनुपर्ने बताएका छन् । ‘हामी भित्रका विवाद हुन्, यी विवाद सुल्झाउन सकिन्छ, समयमै विवाद समाधान गरेर तोकिएको मितिमै महाधिवेशन गर्न सकिन्छ,’ जीएनएनसंग कुरा गर्दै आचार्यले भने । संघको संस्थापन पक्षले विधान विपरीत गरेको कामलाई परराष्ट्रले रोकेको आचार्यले बताए ।

संघको दशौं महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर २३–२५ का लागि तोकिएको छ । त्यसअगावै नयाँ कार्य समिति चयन गर्न २० अक्टोबरका लागि निर्वाचन गर्ने गरी तयारी भै रहेको निर्वाचन समितिले जनाएको थियो। संघले यसअघि नै अनलाइन माध्यमबाट मतदान हुने जनाइसकेको छ ।

उता, संस्थापन पक्षले भने परराष्ट्रको पछिल्लो पत्रले महाधिवेशन अनिश्चित भएको दाबी गरेको छ । महासचिव हेमराज शर्माले परराष्ट्रको पत्रले निर्धारित मितिमा महाधिवेशन हुन जटिल देखिएको बताए। उनले छिट्टै आइसीसीको बैठक बसी निर्णय गरिने जनाएका छन् ।

संबन्धित थप चमाचार

एनआरएनलाइ परराष्ट्रले भन्यो:महाधिवेशनका ६५ प्रतिशत खारेजी, पुरानो चलन अनुसार लिनु

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको ५ लाख पंजीकृत सदस्य सहितको प्रतिबद्धता सार्वजनिक

एनआरएनएमा जे गर्छ अमेरिकाले गर्छ, अमेरिकालाई उपेक्षा होइन अपेक्षा गर्नुपर्छ, आचार्य

एनआरएनएमा संकटकाल, जिम्मेवारीमा संरक्षक परिषद विकल्पमा एनसीसी अध्यक्ष भेला

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर