मिस नेपाल क्यालिफोर्निया २०१७ हुने

Hollywood Khabar May 17,2017 Comments

अमेरिकाको पश्चिम क्षेत्रमा रहेको सुन्दर शहर सान फ्रानसिस्कोमा नेपाली युवाहरुको प्रयासमा मिस नेपाल क्यालिफोर्निया २०१७ हुने भएको छ। चहलपहल प्रोडक्सनले मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजना गर्दैछ। 

चहलपहल प्रोडक्सनका संस्थापक अध्यक्ष सन्तोष न्यौपानेका अनुसार १७ जुन २०१७ अर्थात ठिक एक महिना पछाडि गरिने मिस नेपाल क्यालिफोर्नियाका लागि आवश्यक गृहकार्य अन्तिम चरणमा पुगेको छ। 

चहलपहल प्रोडक्सनका निर्देशक तथा कार्यक्रम संयोजक राजेन्द्र जोशीले कार्यक्रममा मिस नेपाल २०१४ इशानी श्रेष्ठ, मिस इन्डिया इन्टरनेशनल २०१३ इशा अग्रवाल, नायिका नन्दिता के सी, गायिका नलिना चित्रकार, फेसन डिजाइनर सुवेक्षा वादेलको प्रत्यक्ष सहभागितामा कार्यक्रम सन्चालन हुने जानाकारी दिएका छन्। जोशीले हलिउड र बलिउडका कलाकारहरुको पनि सहभागिता रहने बताए। 

कार्यक्रम सान फ्रानसिस्को स्थित हिल्टन होटलमा आयोजना हुने मिस नेपाल क्यालिफोर्नियामा सहभागि हुन चाहनेहरुको आवेदनलाई पहिलो चरणमा अनलाईवाट  छनौट गरिनेछ। छनौटमा परेका उत्कृष्ठ नौ जनालाई १५–१६– १७ जुनमा मिस नेपाल र मिस इन्डियावाट प्रशिण दिइनेछ। सहभागिको क्षमता अभिवृद्धि आत्मविस्वास र प्रस्तुति शैली परिस्किृत हुनेछ। 

युवा पुस्ताका लागि क्षमता अभिवृद्धि गर्ने यो एउटा अवसर हुने आयोजकहरुले विश्वास लिएका छन्। यसवाट विदेशिएका युवा पुस्तामा नेपाली भाषा, संस्कृति र भेषभुषाको मोह वढ्नेछ। मिस नेपाल क्यालिफोर्निया २०१७ छनौट आफैमा आकर्षणको केन्द्र त छ नै त्यसमाथि  राष्ट्रिय र स्थानिय कलाकारहरुको प्रस्तुतिले पनि कार्यक्रमलाई थप रोचक बनाउनेछ। 

कार्यक्रम खर्च कटाएर जोगिएको रकम नेपाली अनाथ बालबालिका पढ्ने विद्यालयलाई  प्रदान गरिनेछ। यस अघि २०१५ मा आयोजित मिस नेपाल क्यालिफोर्नियाबाट संकलित १३ लाख रुपैयाँ गोर्खाको एक विद्यालयलाई सहयोग गरिएको थियो।