-मिस नेपाल नर्थ अमेरिकामा भोट गर्दा पैसा तिर्नुपर्ने, लुट हो कि के हो ?

मिस नेपाल नर्थ अमेरिकामा भोट गर्दा पैसा तिर्नुपर्ने, लुट हो कि के हो ?

Hollywood Khabar July 14,2021 Comments

हलिउडखबर, अमेरिका, जुलाई १४, २०२१

मिस नेपाल नर्थ अमेरिकामा भोट गर्दा पैसा तिर्नु पर्ने चलनले एउटा रियालिटी सोलाइ अन्य तरिका भन्दा प्रतिस्पर्धीहरुबाट नै लुट्ने सुरुवात भएको देखिन्छ।

ब्यूटी कन्टेष्टको आयोजना गर्नु आफैंमा राम्रो काम हो। यसका लागि खर्च हुन्छ तर स्पन्सर र अन्य श्रोतबाट खर्च उठाउनुपर्छ प्रतिस्पर्धी र भोटरबाट होइन। प्रतिस्पर्धीलाइ पुरस्कृत गर्ने हो पैसा उठाउने त पक्कै नहुनुपर्ने हो। जब प्रतिस्पर्धी अगाडि आउँछन् तब उनीहरुलाइ यसरी पैसा उठाएर मत माग्न लगाउनु या बाध्य पार्नु एक किसिमले शोषण गर्नु हो भन्दा अत्यूक्ति नहोला।

यस बिषयमा वास्तविक कुरा बुझ्नको लागि सार्वजनिक गरिएको आयोजकको नम्बरमा 1-845-682-8686 मा कल गरेको पनि हो। तर म्यासेज मात्र जाने रहेछ, जवाफ पाइएन। त्यसपछि केहि अनुसन्धान गर्नु नै बेस ठानेर कार्यक्रमबारे अध्ययन गर्न थालियो।

ड्रिम्स यूनिभर्शल एलएलसी नामको कम्पनिद्वारा मिस नेपाल नर्थ अमेरिकामा २०२१ को आयोजना गरिएको हो। अन्तिम छनोट तिर गएको देखिन्छ। अगष्ट ७, २०२१ न्यूयोर्कमा साँझ ६:०० बजे देखि राति १२:०० बजे सम्म ग्राण्ड फिनाले हुने भनेर वेबसाइटमा गरिएको सूचनासंगै भोट गर्ने जानकारी पनि छ।

जुलाई १४, प्यासिफिक समय अपराह्न ५:०० बजे सम्म १८ जना प्रतिस्पर्धीहरुको नाम साइतमा देखिएको छ। १८ जना मध्ये १२ जनाले जम्मा गरेर ५२ हजार ७८० मत ल्याएका छन्। ६ जनाले सून्य भोट ल्याएका छन्। आमेरिकामा बस्ने जो कसैको कम्तिमा पनि एउटा साथी हुन्छ। मिस नेपाल नर्थ अमेरिकाको प्रतिस्पर्थी हुनेले कम्तिमा पनि केहि पहिचान बनाएका हुन्छन। स्कूल-कलेजमा साथीहरु हुन्छन। आफ्नै भोटले पनि कम्तिमा १ त हुनु नै पर्ने हो। सून्य भोट त हुँदैहुँदैन।

टेष्टको लागि मैले पनि कुनै एक प्रतिस्पर्धीलाइ भोट गर्न लाग्दा पैसा तिर्नु पर्ने द्ड्रपडाउन लिस्ट देखायो। भोटको लागि पैसा यसरी बाध्य बनाएर जम्मा गरिएको देखिन्थ्यो।

  • $1.00=10 Vote
  • $5.00=70 Vote
  • $10.00=150 Vote
  • $25.00=400 Vote
  • $50.00=1,000 Vote

सबैजनाको भोट जोड्दा हुन आउने ५२,७८० भोटमा कम्तिमा पनि १ डलरले हिसाब गर्दा पनि करिब ५ हजार भन्दा धेरै रकम त भोट गर्नले तिरेको देखिन्छ। यो समय सम्म सबैभन्दा धेरै भोट ल्याउने व्यक्ति ९,७५० (भोट) को लागि करिब १ हजार डलरको खर्च भएको देखिन्छ।

हुन त हलिउडखबरले यो कार्यक्रमको २०१८ र २०१९ का दुवै आयोजनालाइ समाचारको स्थान दिएको थियो। यो पटकको कार्यक्रमबारे बिजय थापाले जुन ९, २०२१ मा तयार परेको समाचार हलिउडखबरले पनि पोष्ट गरेको थियो।

यस संबन्धि समाचारको लिंक:

मिस नेपाल नर्थ अमेरिकाको लागि पूर्व मिस नेपालहरु शृंखला, सदीक्षा र मनिता अमेरिका आउने

श्रेया गजुरेल मिस नेपाल नर्थ अमेरिका २०१९

मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि प्रशिक्षण सुरु

Miss Nepal North America 2019, May 03 2019, New York, NY

https://www.hollywoodkhabar.com/monica-ghale-1stmissnepalna

मिस नेपाल नर्थ अमेरिका २०१८ कि विजेता मोनिका घले घोषित

Miss Nepal North America 2018 Final Contestants Selected