मिस नेपाल क्यालिफोर्निया२०१७ को पत्रकार सम्मेलन सम्पन्न

Hollywood Khabar May 31,2017 Comments

प्रेम परियार, क्यालिफोर्निया

मे ३०, २०१७, - मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजकद्वारा पत्रकार सम्मेलन सम्पन्न गरेको छ I 

चहल पहल प्रोडक्सनले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा वे एरियामा क्रियासिल पत्रकारहरुको उल्लेख्य सहभागिता थियोI कार्यक्रममा मिस नेपाल क्यालिफोर्निया २०१७ सम्बन्धी तयारीहरु, प्रतिस्प्रधी छनौट प्रक्रिया, यस कार्यक्रमको उद्देस्य्हरु माथि सहभागीहरुलाई जानकारी गराइएको थियोI बर्क्लीको हिमालयन फ्लेवरमा आयोजित कार्यक्रममा आयोजक चहल पहल प्रडक्सनको तर्फबाट जोशी बाबु, सन्तोष न्यौपाने र सागर श्रेष्ठले सहभागीहरुलाई प्रश्नोत्तरको माध्यमबाट बिस्तृत जानकारी दिनु भएको थियोI 

लोक्कल्यांकारी उद्देश्यका साथ आयोजित यस मिस नेपाल क्यालिफोर्निया २०१७ बाट खर्च कटाएर बचेको रकमबाट भूकम्प प्रभावित दुर्गम क्षेत्रको बिद्यालय निर्माणमा खर्च गरिने आयोजकले बताएको छनI 

मिस नेपाल २०१३ इशानी श्रेष्ठ, मिस इंडिया अन्तरास्ट्रिय इशा अग्रवाल, फेसन डिजैनर शुभेक्ष्या भडेल, लोकप्रिय नायिका नन्दिता के. सी.को समेत बिशेष उपस्थितिमा हुन गइरहेको यस कार्यक्रममा चर्चित हास्य कलाकार एबम प्रस्तोता सन्दिप क्षेत्रिले कार्यक्रम संचालन गर्नेछन। अमेरिकामा चर्चित प्रस्तोताको रुपमा चिनिएकी निक्की पाण्डेले उनलाई साथ दिनेछिनI 

कार्यक्रममा बे-एरियाका समाजसेबी, भद्र भलादमीहरु, संघ संस्था प्रतिनिधिहरुको समेत उपस्थिति थियो। कार्यक्रमलाइ यसबाबु सन्दिपले गरेका थिय भने फोटो पत्रकार बिनोद के सी तथा गोविन्द शाहीको, गैर आवासिय नेपाली संघ द अमेरिकाज (उत्तर तथा दक्षिण अमेरिका) क्षेत्रका रिजनल मिडिया कोअर्डिनेटर तथा Hollywood Khabar का संस्थापक/CEO कृष्ण के सीको समेत उपस्थित थियो।  

मिस नेपाल क्यालिफोर्निया २०१७ को कार्यक्रम संयोजन नविना बस्नेत उप्रेतीले गर्ने आयोजकले बताएको छI