RJ-VJ, गजल बाचन देखि सफल फिल्म निर्माता सम्मको यात्रामा एम के पौडेल

Hollywood Khabar September 17,2018 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर १८, २०१८

एक सफल यूवा व्यवसायी एवं फिल्म निर्माता रमेश एम के पौडेलले हालै अमेरिकामा सम्मानित भएका छन्। पौडेलले गतबर्ष आफूले निर्माण गरेका दुई फिल्म राजा रानी र रुद्रप्रियाबाट राम्रो सफलता पाए। दुवै फिल्म सफल भएपछि पौडेलको नाम पनि चर्चामा आयो।

नेपाली फिल्मको माध्यमबाट नेपाली भाषा, साहित्य र कलाको बिस्तारमा समेत लागि परेका पौडेल हाल अमेरिकाको क्यलिफोर्निया राज्यमा छन्। सोहि सिलसिलामा पौडेललाई सिटी अफ सारा टोगाका काउन्सिल मेम्बर ऋषि कुमारबाट एक प्रसंसा पत्र सहित सम्मान समेत गरिएको छ।

सो अवसरमा सारा टोगा सिटी काउन्सिल मेम्बर ऋषि कुमारले राजा रानी फिल्म आफूले हेरेको त्यसबाट आफू प्रभावित भएको बताएका छन्। सिटी काउन्सिल मेम्बर कुमारले फिल्मले महिला हिंसाको बारेमा राम्रो संदेश दिएको र राजा रानी फिल्म राम्रो बनेको समेत बताएका छन।

समेश एक के पौडेल कुनै समय क्लासिक एफएममा गजल बाचन गर्दथे। त्यो समय उनी समवेदनाको नामबाट चिनिन्थे। तिनै समवेदना पौडेलले मोफसलबाट पहिलो पटक विरगंजबाट प्रसारण हुने तराई टिभी पनि सञ्चालन गरेका  थिए।

उसो त पौडेल डिसहोम र सिमटिभी जस्ता लेटेष्ट टेक्नोलोजीमा आधारित रहेर चलिरहेका ब्रोडकास्टिङ च्यानलहरुको पनि सुरुवात गर्ने पहिलो ब्यक्ति हुन। पौडेलले हाल सम्म गत बर्षका राजा रानी र रुद्रप्रिया समेत नौ वटा फिल्ममा लगानी गरिसकेका छन्।