Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी युकेको उपाध्यक्षमा स्कटल्याण्डबाट मोहन कार्की

-एनआरएनए एनसीसी युकेको उपाध्यक्षमा स्कटल्याण्डबाट मोहन कार्की
0
shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) यूकेको उपाध्यक्षमा स्कटल्याण्डबाट मोहन कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनए एनसीसी यूकेमा निकै राम्रा कामहरु गरका वर्तमान उपाध्यक्ष रहेका कार्कीले २०२१–२०२३ कार्यकालका लागि पुन उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएका हुन्।

स्कटल्याण्डका गैर आवासीय नेपालीहरु बीच मोहन कार्की समाजसेवीको रुपमा चर्चित नाम हो।एनआरएनए युकेमा उपाध्यक्ष (स्कटल्याण्ड) को उम्मेदवारी दिएका मोहन कार्की एनआरएनए राज्य समन्वय परिषद स्कटल्याण्डका पूर्व अध्यक्ष पनि हुन्।

ग्लासगो नेपाली एशोसियनको अध्यक्ष हुँदा सन् २०११ मा मोहन कार्कीको पहलमा सो संस्था च्यारिटीको रुपमा दर्ता भए पछि स्कटल्याण्ड सरकार र काउन्सिल समन्वयमा कार्यक्रमहरु हुँदै आएको छ। च्यारिटीको रुपमा दर्ता भएपछि संस्थागत भएको ग्लासगो नेपाली एशोसियनको हाल आफ्नै भवन समेत रहेको छ। व्यवसाय विस्तारको क्रममा हाल फलक्रिकमा बसोबास गर्ने कार्कीको अध्यक्षतामा फोर्थ भ्याली नेप्लिज एशोसियनले स्कटिस स्थानीय सरकारसंग समन्वयमा बिभिन्न कार्यहरु गर्दै आएको छ ।

उपाध्यक्षका उम्मेदवार कार्कीको पहलमा अहिले स्कटल्याण्डका सरकारी अधिकारीहरु नेपाली भाषालाई हायर सेकेण्डरीको पाठयक्रममा समेट्ने बिषयमा सकारात्मक छलफलहरु भइरहेको छ। यस्तै स्कटल्याण्डका सम्पूर्ण नेपाली समुदायलाई समेट्ने गरेर बाताबरण परिवर्तन न्युनिकरणको लागि बृहत ” क्लाइमेट चेन्ज” प्रोजेक्ट चाडै शुरु हुने कार्कीले बताउनु भएको छ। कार्कीको समाजसेवा प्रतिको सक्रियतालाइ स्थानीय सरकारी अधिकारीहरु र काउन्सिलले निकै सराहना गरेका छन्। कार्कीको सक्रियताको कारण स्कटल्याण्ड नेशनल पार्टीले स्कटल्याण्डको संसदमा सांसद एमएसपी (मेम्बर अफ स्कटिस पार्लियामेन्ट )को उम्मेदवार रुपमा पनि लान कार्कीलाई पहल गरिरहेको छ।

नेपालमा महाभूकम्पको बेलामा कार्कीले स्कटल्याण्डका विभिन्न संस्थाहरु सहकार्य गरेर सहयोग संकलन गर्नुका साथै भुकम्प पिडितहरुको अस्थायी घर निर्माणको लागि ठुलो सहयोग गर्नु भएको थियो। व्यवसायको साथै समाजसेवामा सदैब तत्पर रहनु हुने कार्कीको सरकारी निकाय र काउन्सिलसंग “लबिङ्ग ” गर्ने राम्रो क्षमता छ। स्कटल्याण्डमा एनआरएनएको गतिबिधि शुन्य रहको अवस्थामा कार्कीको अध्यक्षता एनआरएनए राज्य समन्वय परिषद स्कटल्याण्ड गठन भए पछि स्कटल्याण्डमा एनआरएनए गतिबिधि तिब्र भएको छ। स्कटल्याण्डको दुई ठाउँ एडिनब्रा र ग्लासगोको दुई ठाउँमा निर्वाचन बुथ हुनुमा पनि कार्कीको पहल रहेको थियो।

“स्कटल्याण्डका गैर आवासीय नेपालीहरुको सल्लाहपछि नै मैले एनआरएनए युकेमा उपाध्यक्ष ( स्कटल्याण्ड) उम्मेदवारी दिएको हुँ। नेपाली हरुको दोहोरो नागरिकताको पक्षमा, नेपालमा रहेको सम्पत्ति र लगानीको सुनिश्चिता, गोर्खाहरुको समान अधिकारको अभियानलाई एनआरएनए युके मार्फत ससक्त बनाउनको लागि मेरो सशक्त भूमिका हुनेछ, कार्कीले बताए। एनआरएनएलाई समाबेसी बनाउनु पर्छ। राज्य समितिहरुलाई अधिकार सम्पन्न गर्नु पर्छ।एनआरएनए सीमित समुहमा मात्र नरहेर आम गैर आवासीय नेपालीहरुको साझा फूलबारीको रहनु पर्छ, कार्कीको भनाइ छ।

कार्कीको “लबिङ्ग ” गर्ने राम्रो क्षमता र सशक्तरुपमा कार्य सम्पादन गर्ने शैलीले एनआरएनए युकेको अभियानलाई अझ बलियो बनाउने एनआरएनएका अभियन्ताहरुको भनाई छ।

ADVERTISEMENT-----