-साङ्केतिक तस्बिर

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु

Hollywood Khabar November 15,2019 Comments

 १ मंसिर, काठमाडौं।कञ्चनपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ।कृष्णपुर नगरपालिका–२मा ‘अन्टेस्ट’ मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–३ का २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनील रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक नैनसिंह साउदले जानकारी दिए ।