साङ्केतिक तस्बिर:साभार वेब

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

Hollywood Khabar May 22,2020 Comments

११ जेठ काठमाडौँ।काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना हुन गएको हो।दुर्घटनामा घाईते दुबै मोटरसाईकल चालकको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको बताइएको छ।बिहान ५ बजे बा ८५ प ५६६ र बा९१प ११८८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका र उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो ।दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।